Saturday, 16, October, 2021 info@saipalnews.com

बुटलवका मेयर सुवेदीमाथि स्थानीयद्धारा मुक्का प्रहार

काठमाडौं ४ असोज । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीमाथि स्थानीयले हातपात गरेका छन् । सोमबार ज्योतिनगरका पहिरो पीडितले प्रमुख सुवेदीमाथि हातपात गरेको हो । गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए । सोमबार उक्त पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका सुवेदीमाथि पहिरो पीडितले मुक्का प्रहार गर्दै हातपात गरेका हुन् । तर प्रहरी र नगर प्रहरीले सुवेदीलाई जोगाएका थिए ।

पहिरोले विस्थापित भएको लामो समयसम्म पनि आफूहरुलाई कुनै उचित व्यवस्थापन नगरेकाले आक्रोशित भएर हातपात गरेको स्थानीयले बताएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।