Saturday, 16, October, 2021 info@saipalnews.com

बन्द खामभित्रको हाम्रो भविष्य खुला गर भन्दै प्रशर्दन

काठमाडौं ४ असोज । लोक सेवा आयोगले शाखा अधिकृतको परीक्षाको नजिता प्रकाशन नगरेको भन्दै लोक सेवा दिएका परिक्षार्थीहरुले प्रदर्शन गरेका छन् । अधिकृत पदको परीक्षाको सबै चरण पूरा गरे पनि लोक सेवा आयोगले नतिजा प्रकाशन गर्न ढिलाइ गरेको भन्दै परिक्षार्थीहले काठमाडौँमा विरोध प्रदर्शन गरेका हुन् । लोक सेवा आयोगको कार्यालय अगाडि र माइतीघरमा उनीहरुले प्रदर्शन गरेका थिए ।

नतिजाको प्रतीक्षामा रहेकाहरुले परीक्षा लिन सक्ने, नतिजा दिन नसक्ने ?लोक सेवामाथि विश्वास गर्ने दिन सकिएको हो ? बन्द खामभित्रको हाम्रो भविष्य खुला गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर परीक्षार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।