Saturday, 16, October, 2021 info@saipalnews.com

बजेट विधेयक पारित,बजेट चार दिनसम्म खर्च गर्न नपाइने

काठमाडौैं ४ भदौ । सरकारले एमालेको विरोधकाबीच पनि प्रतिनिधिसभाबाट बजेट प्रतिस्थापन  विधेयक बहुमतले पारित गरेको छ । प्रतिस्थापन विधेयक बहुमतले पारित भएसँगै नेपालले बेहोरेको दुई दिनेको सटडाउन केही दिनभित्रै टुङ्गिने भएको हो ।

तर, प्रतिनिधिसभाबाट प्रतिस्थापन विधेयक पारित भए पनि सरकारले बजेट खर्च गर्न पाउने बाटो खुलिसकेको भने छैन । पारित भएको यो विधेयकलाई अब राष्ट्रिय सभाले पनि पारित गर्नुपर्छ । राष्ट्रिय सभाले विधेयक पारित गरेर फेरि प्रतिनिधिसभामा पठाउनेछ ।

राष्ट्रियसभाबाट पारित भएर आएको विधेयक प्रतिनिधिसभाका सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनुपर्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै सरकारले ढुकुटी अर्थात् संघीय सञ्चित कोषबाट रकम झिकेर खर्च गर्न पाउने छ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट घोषणा गरेको थियो । वर्तमान सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बराबरको प्रतिस्थापन बजेट ल्याएको हो ।