Saturday, 16, October, 2021 info@saipalnews.com

छिमेकी मुलुकसँग हाम्रो सम्बन्ध घनिष्ट हुन्छ : मन्त्री ख्डका

काठमाडौं ६ असोज । परराष्ट्रमन्त्री डा.नारायण खड्काले भारत चीनसँगको सम्बन्ध घनिष्ट हुने बताएका छन् । बुधबार (आज)परराष्ट्रमन्त्री पदको शपथ ग्रहण लिएर सिंहदरबार पुगेर मन्त्रालयको कार्यभार सम्हालेसँगै मन्त्री खड्काले सो कुरा बताएका हुन् ।

परराष्ट्र मन्त्रालयमा पदभार ग्रहणपछि  सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री खड्काले छिमेकी मुलुक भारत र चीनबीचको सम्बन्ध अत्यन्तै सुमधुर हुने बताए । उनले परराष्ट्र नीति कुनै दल विशेषको नहुने दाबी गरे ।

राष्ट्रिय सहमतिका साथ अघि बढने प्रतिबद्धता समेत व्यक्त गरेका उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउन आफू केन्द्रीत हुने बताए । त्यसैगरी परराष्ट्र मन्त्रालयलाई गतिशील,आधुनिक प्रविधियुक्त मन्त्रालयको रुपमा अगाडि बढाउने आफ्नो प्राथमिकता रहेको मन्त्री खड्काले बताएका हुन् ।

साथै आजै साँझ साढे ८ बजे अमेरिका भ्रमणमा जान लागेका मन्त्री खड्काले संयुक्त राष्ट्रसंघको महासभामा एमसिसीबारे छलफल नहुने समेत बताए ।