Saturday, 16, October, 2021 info@saipalnews.com

एमालेको बाधा फुकाउने प्रस्ताव पारित

काठमाडौं १५ असोज । नेकपा एमालेको प्रथम विधान महाधिवेशनबाट बाधा अड्काउन फुकाउने प्रस्ताव पास भएको छ । ललितपुरस्थित गोदावरीको सनराइज सभा हलमा आयोजित सभाबाट बाधा अड्काउ फुकाउने प्रस्ताव पास गरिएको हो ।

जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले विधानको बाधा अड्काउ फुकाउने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव नेता पौडेलले विधानको धारा ७४ को १५ क र १९ क को परिवर्तन गर्न पेस गरे । उक्त प्रस्ताव सभामा ताली पिटेर पारित गरिएको हो ।