Saturday, 16, October, 2021 info@saipalnews.com

कोहिनूरको युद्धकथा : कोहिनूर हीरासँग वीर बलभद्र कुँवरको साइनो छैन,तर चर्चा छ !

काठमाडौं । नेपाल अंग्रेज युद्धपछि बलभद्र कुँवर सन् १८१७.१८ तिर पञ्जाब गए। सन् १८१३ मा हात परेको कोहिनूर हीराका लागि बलभद्रले अफगान सेनासँग युद्ध लडेको र सोही युद्धमा वीरगति पाएको तथ्य गलत छ। त्यो युद्धको कोहिनूर हीरासँग कुनै सम्बन्ध छैन। बीसौं शताब्दीअघि राजाहरू भूमि(विजय र धनदौलत हात पार्न युद्ध लड्थे। संसारकै महँगो कोहिनूर हीरा हात पार्न पञ्जाबका महाराजा रणजित सिंहले कश्मीर युद्ध लडेका थिए।

कोहिनूर हीरासँग नेपाली वीर बलभद्र कुँवरको साइनो छैन, तर चर्चा छ। कोहिनूर हीरा, रणजित सिंहको कश्मीर विजय र बलभद्र कुँवरको वीरगतिबारे त्रिपक्षीय सम्बन्धको कथा यहाँ समेटिएको छ।

रणजित सिंह

सन् १७८० नोभेम्बरमा पञ्जाबमा जन्मिएका रणजित सिंहले शक्तिशाली शिख सेनाको बलमा सन् १८०१ मा लाहौरमा भव्य समारोह आयोजन गरेर आफूलाई ‘महाराजा’ घोषणा गरे। शिखगुरु बाबा साहब सिंह वेदीबाट महाराजा उपाधिको तिलक लगाए, आफ्नो नामको सिक्का चलाए। धेरै युद्ध जितेर राज्य विस्तार गरे, शक्तिशाली राजा बने। रणजित सिंहसँग भारत(अफगानका इस्लामहरू रक्षात्मक थिए।

बादशाह शाह सुजा उल्मुल्कले तत्कालीन भारतस्थित इष्ट इन्डिया कम्पनीका गभर्नर जनरल लर्ड मिन्टोसँग सुमधुर सम्बन्ध बनाए। पर्सियाबाट कोहिनूर हीरा काबुल ल्याए। केही इस्लाम शासकहरू त रणजित सिंहको सहयोगमा टिकेका थिए। उनले पञ्जाबलाई उत्तरमा लद्दाखदेखि सकरदु हुँदै तिब्बत र पश्चिममा खैबर दर्रे हुँदै सुलेमान पर्वतको पहाड र दक्षिणतर्फ शिकारपुर, सिन्धसम्म फैलाएका थिए। २० जुन १८३९ मा रणजित सिंहको मृत्यु भयो।

रणजित सिंहको आयव्ययबारे चर्चा गरिएको ग्रन्थ उम्दतुल्तवारीखमा मुन्सी सोहनलाल लेख्छन्, ‘रणजित सिंहको भण्डारमा करोडौं स्वर्ण मुद्रा, मोहर थिए। बीस लाख रुपैयाँभन्दा बढीको हीरा थियो। यस बाहेक संसारमै अनमोल ‘कोहिनूर हीरा’ उनको कोषगृहमा थियो।’

रणजित सिंहको मृत्यु भएको १० वर्षपछि सन् १८४९ मा उनको कोषगृह बेलायतको इष्ट इन्डिया कम्पनीले कब्जा गर्‍यो। कम्पनीले रणजित सिंहको कोषगृहको विवरण तयार पार्न डा। लोगनलाई नियुक्त गरेको थियो। लोगनको विवरण अनुसार, कोहिनूर हीरा, अनगन्ती मूल्यवान् पत्थर, सुन, मूल्यवान् जिन्सी जस्तैः सुन र चाँदीका अनगन्ती प्याला, सुनका प्लेट, सुनका ग्लास, सुनका लोटा, सुनका खाना पकाउने भाँडावर्तन, वस्त्रहरू, स्वणर्जडित दोसल्ला, महाराज बस्ने सुनको कुर्सी, चाँदीको वारहदरी अर्थात् चाँदीबाट निर्मित मन्जील अथवा बैठक कक्ष, कश्मीरी चाँदनी, चाँदीको चोबो सहितको वेतान जडाउ कवच, अफगान राजा शाह सुजाको वेतान, गुरु गोविन्द सिंहको कल्की, हजरत मोहम्मदले प्रयोग गरेका धेरै बहुमूल्य वस्तु थिए।

पर्सियादेखि काबुलसम्म

पञ्जाबको छिमेकी देश अफगानिस्तानको काबुल दरबारमा सन् १७९८ पछि विवाद भयो र राजा शाह जमाका भाइ शाह महमुदले शाह जमालाई कैद गरेर आफैं राजा भए। केही दिनमै अर्का भाइ शाह सुजा उल्मुल्कले आफ्नो सैनिक बलमा शाह महमुदका सेनालाई पराजित गरी काबुल कब्जा गरेर आफैं काबुलको बादशाह भए। दाजु शाह जमालाई कैदमुक्त गरे। बादशाह शाह सुजा उल्मुल्कले तत्कालीन भारतस्थित इष्ट इन्डिया कम्पनीका गभर्नर जनरल लर्ड मिन्टोसँग सुमधुर सम्बन्ध बनाए। पर्सियाबाट कोहिनूर हीरा काबुल ल्याए।

सन् १८०८ मा शाह सुजा उल्मुल्कलाई काबुलको गद्दीबाट हटाएर वजीर अर्थात् मन्त्री फत्तेह खाँ पक्षको सेनाले पुनः शाह महमुदलाई काबुलको गद्दीमा राख्यो। फत्तेह खाँ फेरि वजीर बने। पराजित भएपछि बादशाह शाह सुजा भागेर पञ्जाबको रावलपिण्डी पुगे। शाह सुजा उल्मुल्क र रणजित सिंहबीच सन् १८१० को फेब्रुअरीमा खुसावमा भेट भयो।

पञ्जाबका महाराजा रणजित सिंह ।

रणजित सिंंहले भागेर आएका शाह सुजालाई सम्मान दिए र हतियार सहित तालीम प्राप्त सैनिक सहित आफैं अटक किल्लामा गएर किल्लेदार जहाँदाद खाँ र कश्मीरका सुबेदार अता मुहम्मद खाँको समेत सैनिक सहयोग जुटाउन पेशावरमा बसे। रणजित सिंह, अटक किल्लाका सुबेदार जहाँदाद खाँ, कश्मीरका सुबेदार अता मुहम्मद खाँको सैनिक सहयोगमा शाह सुजा उल्मुल्क फेरि बादशाह बनेर काबुलको गद्दीमा बसे।

रणजित सिंहले शाह सुजा पत्नी बेगम वफा र शाह सुजाका दाजु शाह जमालाई लाहौरमा बोलाएर जीविकाका लागि मासिक १५०० भत्ताको व्यवस्था गरिदिए। सन् १८११ पछि उनीहरू लाहौरमा बस्न थाले। दोस्रो पराजयपछि शाह महमुद र वजीर फत्तेह खाँ भागेर तुर्रानी प्रान्त पुगे। वजीर फत्तेह खाँका भाइ मुहमद अजीम खाँ तुर्रानीका सुबेदार थिए। महमुद र फत्तेहले अजिमको सहयोगमा तुर्रानी सैनिक दल खोली शाह सुजाका सैनिकलाई पराजित गरी काबुल कब्जा गरे र फेरि बादशाह शाह महमुद बने।

यस पटक रणजित सिंह, अटक किल्लाका सुबेदार जहाँदाद खाँ र कश्मीरका सुबेदार अता मुहम्मद खाँले शाह सुजालाई सैनिक सहयोग गरेनन्। शाह सुजालाई वजीर फत्तेह खाँले कश्मीरमा कडा सैनिक पहरामा कैद राखे। उनकी पत्नी बेगम वफा र दाजु शाह जमा रणजित सिंहको शरणमा रावलपिण्डीमा बस्न थाले। यो सन् १८१० को कुरा हो।

रणजित सिंहले शाह सुजा पत्नी बेगम वफा र शाह सुजाका दाजु शाह जमालाई लाहौरमा बोलाएर जीविकाका लागि मासिक १५०० भत्ताको व्यवस्था गरिदिए। सन् १८११ पछि उनीहरू लाहौरमा बस्न थाले। सन् १८११ डिसेम्बरमा काबुलका प्रतिनिधि वकील गोदडमलले रणजित सिंहसँग भेट गरेर कश्मीर आक्रमणमा सहयोग मागे। कश्मीरका सुबेदार अता मुहम्मद खाँले काबुललाई कर बुझाउन र काबुलका पूर्व राजा शाह सुजालाई काबुलमा बुझाउन मानेका थिएनन्।

खाँले आफू अब काबुलको सुबेदार नभएर स्वतन्त्र कश्मीर राज्यको शासक रहेको सन्देश काबुलमा पठाएकाले बादशाह शाह महमुद र वजीर फत्तेह खाँ कश्मीर आक्रमणको तयारीमा थिए। तर, कश्मीर जाने बाटो जम्मु, झेलम र गुजरातमा रणजित सिंहको कब्जा भएकाले उनको मञ्जुरी विना काबुलले कश्मीर आक्रमण गर्न सकेन। बाटो हजारा मुजफ्फरपुरतर्फबाट पनि थियो, तर बाक्लो हिउँ पर्ने हुँदा त्यहाँबाट सैनिक, हतियार र रसद पठाउन मुश्किल थियो।

रणजित सिंह काबुलसँग मिलेर कश्मीर कब्जा गर्ने र लुटेको धनमाल आधा बाँड्ने तयारीमा थिए। कोहिनूर हीराको प्रस्ताव आएपछि उनले मन बदले। रणजित सिंहले सेनाका जनरल मुहकम चन्दसँग कश्मीरमा कैद गरिएका शाह सुजालाई कैदमुक्त गरेर सकुशल लाहौर ल्याउनेबारे गोप्य छलफल गरे।

बेगम वफाको प्रस्ताव

कश्मीरमा कैद राखिएका पूर्व राजा शाह सुजा उल्मुल्ककी पत्नी बेगम वफा काबुलका प्रतिनिधिले रणजित सिंहसँग भेटेर कश्मीर आक्रमणबारे कुराकानी गरेको सुइँको पाएर डराइन्। उनले फकीर अजिजुद्दीन र दीवान भवानी दास मार्फत रणजित सिंह समक्ष ‘यदि आफ्ना पति शाह सुजालाई कश्मीरबाट सकुशल लाहौर ल्याएर परिवार र बालबच्चासँग भेट गराइदिन्छन् भने विश्वकै बहुमूल्य ‘कोहिनूर हीरा’ कोसेली लिएर शाह सुजाले महाराजा रणजित सिंहसँग भेट गर्नेछन्’ भन्ने सन्देश पठाइन्।

रणजित सिंह काबुलसँग मिलेर कश्मीर कब्जा गर्ने र लुटेको धनमाल आधा बाँड्ने तयारीमा थिए। कोहिनूर हीराको प्रस्ताव आएपछि उनले मन बदले। रणजित सिंहले सेनाका जनरल मुहकम चन्दसँग कश्मीरमा कैद गरिएका शाह सुजालाई कैदमुक्त गरेर सकुशल लाहौर ल्याउनेबारे गोप्य छलफल गरे।

संयुक्त सेना कश्मीरतर्फ

सन् १८१२ नोभेम्बरमा काबुलका सैनिक वजीर फत्तेह खाँ नेतृत्वमा अटक नदी पार गरी पञ्जाब नजिक रणजित सिंहको आदेश पर्खेर बसे। रणजित सिंहका सैनिक रोहताजमा जम्मा भए। मन्त्री फत्तेह खाँ र रणजित सिंहबीच कश्मीर कब्जा गर्ने र लुटेको सम्पत्ति आधा बाँड्ने, रजोरीतर्फबाट सेना परिचालन गर्ने सहमति भयो। तर, दुवैले शाह सुजाको कैदमुक्तिबारे कुरा गरेनन्।

बरु कश्मीरको आम्दानीबाट घोडाको नालबन्दीका लागि हरेक वर्ष रणजित सिंहलाई काबुलका मन्त्रीले ९ लाख रकम दिने र कश्मीरमा काबुलको अधिकारलाई पञ्जाबले मान्ने सम्झौता भयो। कश्मीर आक्रमणमा १२ हजार शिख सैनिकका सेनापति जनरल मुहकम चन्द थिए। उनी मातहतका सरदार दल सिंह, जीवन सिंह पिडिवाला, केही बिजित रजौटा, जसरोटा, विसोहली, नूरपुर थिए। रणजित सिंहको सन्देश पाएर बेगम खुशी भइन् र सन्देशवाहक मार्फत रणजित सिंहलाई भनिन्, ‘म मेरो वादा वचनप्रति पक्का छु, जुन वेला मेरा पति लाहौर आइपुग्नुहुनेछ, कुनै टुटफुट र विना हिचकिचाहट म कोहिनूर हीरा महाराजका हजुरमा चढाउनेछु।’

काबुल र पञ्जाबका सैनिक सन् १८१२ डिसेम्बरमा झेलम नदी तरेर रजौरी, थन्नाको बाटो हुँदै कश्मीर हिँडे। झेलमसम्म रणजित सिंह थिए, सेना कश्मीर पठाएर उनी लाहौर फर्किए। उनले शाह सुजा पत्नी बेगम वफालाई दीवान भवानी दास मार्फत ‘मेरा विश्वस्त खालसा सरदारको नेतृत्वमा सकुशल शाह सुजालाई लाहौर ल्याउन १२ हजार सेना पठाएर विशेष आदेश दिएको छु, अब उनी चाँडै लाहौर आइपुग्नेछन्’ भन्ने सन्देश पठाए।

रणजित सिंहले बेगमलाई पञ्जाबका शिख सेनासँग काबुलका सैनिकलाई पनि कश्मीर खटाइएको छ भन्ने जानकारी दिएनन्। रणजित सिंहको सन्देश पाएर बेगम खुशी भइन् र सन्देशवाहक मार्फत रणजित सिंहलाई भनिन्, ‘म मेरो वादा ९वचन०प्रति पक्का छु, जुन वेला मेरा पति लाहौर आइपुग्नुहुनेछ, कुनै टुटफुट र विना हिचकिचाहट म कोहिनूर हीरा महाराजका हजुरमा चढाउनेछु।’

सोहनलाल उम्दतुल्तवारीखमा लेख्छन्, ‘रणजित सिंहले शाह सुजालाई कोहिनूर हीरा पाउनकै लागि कैदमुक्त गरिदिन खोजेका थिए।’ तर, प्रख्यात शिख इतिहासकार तथा अर्का लेखक दीवान अमरनाथ सोहनलालको रायसँग विमति राख्छन्। अमरनाथलिखित ग्रन्थ जफरनामा रणजित सिंहका अनुसार, ‘रणजित सिंहको उद्देश्य केवल शाह सुजालाई मुक्त गर्नु मात्र थियो।’ अमरनाथको दाबीलाई प्रसिद्ध इतिहास लेखक कनिङ्घमले समर्थन गरेका छन्।

अलग सेना, अलग बाटो

शिख सेनापति जनरल मुहकम चन्द चलाख थिए। दुवै सैनिकबीच युद्ध मैदानमा एक(अर्कोभन्दा उच्च सैनिक वीरता प्रदर्शन गर्ने प्रतिस्पर्धा थियो। अफगान सैनिक पहाडी भूभागमा युद्ध अनुभवी थियो। तुलनात्मक रूपमा शिखको समथर भूभागमा युद्ध अनुभव धेरै थियो। अफगानी सेनाले दर्रा दोहरालको बाटो हुँदै पीर पन्चाल पहाड चढेर कश्मीर छिचोल्ने छोटो बाटो समात्यो। शिख सेना समथर भूभागको केही लामो दूरीको बाटो लाग्यो। शिख सेनापति मुहकमलाई कतै आफूभन्दा काबुलका सेना कश्मीरमा छिटो पुगेर काम फत्ते गरिसक्ने त होइनन् भन्ने डर भयो।

उनी धेरै चतुर थिए। शिख सैनिक दलमा भिंवर र रजोरीका पराजित राजाहरू सैनिक सहित सहभागी थिए। सेनापति मुहकमले ती राजालाई कश्मीर पुग्ने छोटो बाटो देखाएमा धेरै जागीर दिने लोभ देखाए। ती राजाले छोटो बाटो देखाइदिएकाले शिख सेना काबुलको सेनाभन्दा छिटो कश्मीर प्रवेशको मुख्य शेरगढ घाँटी पुग्यो।

कश्मीरका सुबेदार अता मुहम्मद खाँले शिख र काबुलका संयुक्त सैनिक आक्रमणका लागि आएको खबर पाएर शेरगढ घाँटी, कश्मीर प्रवेशको मुख्यमार्गमा अवरोधको प्रयास गरे। कश्मीरी सेनाले शिख सेनाको सशक्त प्रतिकार गर्‍यो। निरन्तर पहिरो जाने र हिमपात भइरहने भएकाले शिख सेना केही समय पर्खिएर सहज बाटो खोज्न थाल्यो। खराब मौसम र शत्रु आक्रमणमा २०० शिख सैनिक मारिए। यसबीच काबुलका सैनिक आइपुगे। संयुक्त सेना अवरोध पन्छाएर अघि बढ्यो। किल्लाको सुरक्षामा रहेका कश्मीरी सैनिक स(सानो युद्धपछि मोर्चा छाडेर भागे।

संयोगको कुरा सुबेदार अता मुहम्मद खाँले शाह सुजालाई फलामको जन्जीरले बाँधेर सोही किल्लामा बलियो सुरक्षाकवचभित्र लुकाएका रहेछन्। यो सुइँको शिख सेनापति मुहकम चन्दले पाएर किल्ला कब्जा गर्न सैनिकलाई आदेश दिए। काबुलका सेनापति फत्तेह खाँलाई अन्यत्र अलमल्याए, शाह सुजालाई बाँधिएको जन्जीर चुँडाएर कब्जामा लिए। शाह सुजा सहित शिख सेनाले थप बहुमूल्य खजाना हात पार्‍यो।

सुबेदार अता मुहम्मद खाँले शाह सुजालाई फलामको जन्जीरले बाँधेर सोही किल्लामा बलियो सुरक्षाकवचभित्र लुकाएका रहेछन्। यो सुइँको शिख सेनापति मुहकम चन्दले पाएर किल्ला कब्जा गर्न सैनिकलाई आदेश दिए। काबुलका सेनापति फत्तेह खाँलाई अन्यत्र अलमल्याए, शाह सुजालाई बाँधिएको जन्जीर चुँडाएर कब्जामा लिए।

वजीर फत्तेह खाँले किल्लाको खानतलासी लिए। शाह सुजालाई शिख सेनाले कब्जामा लिएको थाहा पाए। फत्तेह खाँ शाह सुजालाई कब्जामा लिन चाहन्थे। यसका लागि उनले शिख सेनापति मुहकम चन्दसँग अनुरोध गरे, विवाद गरे, आक्रमण गरे, दुईबीच मारपिट भयो। शाह सुजालाई हात पार्न फत्तेह खाँले कुनै कसर बाँकी राखेनन्। फत्तेह खाँले किल्लामा लुटेका खजानाहरू शिख सेनासँग बाँड्ने सहमति भए पनि दिएनन्। धेरै वस्तु फत्तेह खाँले हात पारे। शिख सैनिक शाह सुजालाई हात पारेकामा खुशी थिए।

फत्तेह खाँले कश्मीरका इस्लाम सैनिकलाई हात लिएर, झुक्याएर शिख सेनापति मुहकमको हत्या प्रयास गरे। यसको सुइँको कश्मीरका पण्डित दीवान चन्द रायले मुहकम चन्दलाई दिएकाले शिख सेना कश्मीरबाट बाहिरियो। अब मुहकम चन्द शिख सेना लिएर काबुलका सेनाबाट अलग भए। उनी खाल्सा सैनिकको घेरामा शाह सुजालाई लिएर लाहौर फर्किए। वजीरावाद पुगेर मुहकम चन्दको सेना रोकियो र त्यहाँबाट सबै खबर रणजित सिंहकहाँ पठायो। वजीरावादबाट दुई दिनपछि मुहकम चन्द लाहौर पुगे। लाहौरमा शाह सुजा र मुहकम चन्द नेतृत्वको शिख सेनालाई भव्य स्वागत गरियो। शाह सुजा परिवारलाई रणजित सिंहले लाहौरमा ‘मुवारक हवेली’ व्यवस्था गरिदिए।

कोहिनूर दिन आनाकानी

शाह सुजा सकुशल फर्केपछि रणजित सिंहले फकीर अजिजुद्दीन र भैया राम सिंह मार्फत कोहिनूर हीरा दिन भने। तर, शाह सुजा दम्पतीले हीरा दिन आनाकानी गरे, छलछामका कुरा गरे। उनीहरूले आफ्ना वकील हवीबुल्ला खाँ र हाफीज रुहल्ला खाँलाई रणजित सिंहकहाँ पठाएर ‘कोहिनूर हीरा हाम्रो अधिकारमा छैन। हामीले कान्धार गान्धारमा ६ करोड रुपैयाँमा बन्धक राखेर युद्धका लागि खर्च रकम लिएका थियौं। सो रकम फिर्ता गर्न नसकेपछि हीरा फिर्ता गर्न सकिएको छैन’ भन्ने खबर पठाए। १ जून, १८१३ मा रणजित सिंह शाह सुजा दम्पती बसेको लाहौरको हवेलीमा पुगे। शाह सुजाले धेरै गह्रुँगो मन बनाएर विश्वकै बहुमूल्य कोहिनूर हीरा रणजित सिंहको हातमा राखिदिए।

शाह सुजा दम्पतीको मनसाय ६ करोड रकम लिएर कोहिनूर हीरा रणजित सिंहलाई दिने बुझिन्छ। तर, रणजित सिंहले शाह सुजा दम्पतीका कुरा पत्याएनन्। उनले लाखौं रकम कश्मीर युद्धमा खर्च गरेका थिए। कैयौं शिख सैनिक मारिएका थिए, सेनापति मुहकम चन्दले धेरै जोखिम मोलेका थिए। रणजित सिंह रिसाएर शाह सुजा बसेको हवेलीमा सैनिक पहरा बढाए, कडा निगरानी गरे। केही दिनपछि रणजित सिंहका दूत शाह सुजा निवासमा गएर तीन लाख रुपैयाँ नगद र ५० हजारको जागीर दिने प्रस्ताव गरे। शाह सुजा दम्पतीले जवाफ दिएनन्। त्यसको केही दिनपछि विवश भएर शाह सुजा दम्पतीले ५० दिनभित्र कोहिनूर हीरा रणजित सिंहको हात पारिदिने समाचार पठाए।

१ जून, १८१३ मा रणजित सिंह शाह सुजा दम्पती बसेको लाहौरको हवेलीमा पुगे। शाह सुजाले धेरै गह्रुँगो मन बनाएर विश्वकै बहुमूल्य कोहिनूर हीरा रणजित सिंहको हातमा राखिदिए। हीरा हात परेपछि रणजित सिंह शाह दम्पतीसँग खुशी भएर सैनिक पहरा हटाए। रणजित सिंहले कोहिनूर हीरा लाहौरमा विश्वासिला कर्मचारी मिश्र वेलिरामको जिम्मामा राखेका थिए। वेलिराम बाहेक सो हीरा पञ्जाब राज्यका कुनै पनि व्यक्तिलाई कुन डिब्बा वा सन्दुकमा छ, थाहा थिएन।

रणजित सिंहले कोहिनूर हीरा हात पारेको घटनाबारे लेखकहरूबीच फरक मत छ। सो घटनाका बारेमा ‘कप्तान मरे’ ले तयार पारेको रिपोर्ट फेला परेको छ। सो रिपोर्टका आधारमा सैयद मुहम्मद लतीफ भन्छन्, ‘रणजित सिंह अत्यन्त लालची थिए। उनले बेगम वफासँग कोहिनूर छ भन्ने थाहा पाएर उनको पतिको जीवन धेरै खतरामा छ भन्ने सन्देश पुर्‍याए। उनले विश्वस्त दूत मार्फत बेगमलाई के आशा दिलाए भने, यदि बेगम कोहिनूर दिन्छिन् भने महाराजले फत्तेह खाँको कब्जामा कश्मीरमा कैदमा रहेका शाह सुजालाई सकुशल छुटाएर ल्याइदिनेछन्।’

बाबा प्रेम सिंह लेख्छन्, ‘रणजित सिंहलाई कोहिनूरका बारेमा थाहा थिएन। वफा बेगमले दीवान तथा जनरल मुहकम चन्द र फकीर अजिजुद्दीनसँग महाराजलाई कोहिनूर हीरा दिने वाचा गरेकी थिइन्। मरे थप्छन्, ‘त्यसपछिका दिनमा बेगमलाई तरहतरहका दुःख, बाधा, कष्ट, पीडा दिएर रणजित सिंह कोहिनूर हीरा हात पार्न सफल भएका थिए।’ बाबा प्रेम सिंह लेख्छन्, ‘रणजित सिंहलाई कोहिनूरका बारेमा थाहा थिएन। वफा बेगमले दीवान तथा जनरल मुहकम चन्द र फकीर अजिजुद्दीनसँग महाराजलाई कोहिनूर हीरा दिने वाचा गरेकी थिइन्।’

बेगमको यो कुरा उनीहरूले महाराज रणजित सिंहसँग भने। बेगमको शर्त पूरा गरिदिएपछि कोहिनूर हीरा नपाउँदा महाराजा रणजित सिंहसामु जनरल मुहकम चन्द र फकीर अजिजुद्दीन झुटा सावित हुने सम्भावना थियो। तसर्थ आफैंले महाराजलाई सुनाएको र आफ्ना सामु गरेको वाचा पूरा गर्न मुहकम चन्द र फकीरले बेगम दम्पतीलाई दबाब दिएका थिए।’

प्रो.सीताराम कोहलीले महाराजा रणजित सिंह पुस्तकमा दुवै मतलाई स्थान दिएका छन्। उनको पुस्तकमा दाबी भने छैन। रणजित सिंहबारे पक्ष र विपक्षका मत छन्। कप्तान मरे र बाबा प्रेम सिंह रणजित सिंहको खालसा दरबारका प्रतिष्ठित र नियमित वेतन पाउने लेखक थिए।

सोहनलाललिखित ग्रन्थ उम्दतुल्तवारीखको अध्याय १५ मा शाह सुजाको आत्मचरित्र उल्लेख छ। जहाँ आफूहरूले केही दिन कोहिनूर हीरा नदिएको र छलछाम गरेकामा महाराजा रणजित सिंहले शरणमा रहेका आफूहरूलाई कष्ट, दुःख दिएको वर्णन छ। तर, कप्तान मरेले लेखे जति धेरै छैन। कप्तान मरेले शाह सुजाका पीडा र महाराजा रणजित सिंहको दबाबको बढाइचढाइ गरिदिएको कतिपयको दाबी छ।

कोहलीको मत छ, ‘पतिको ज्यान खतरामा छ भन्ने थाहा पाएपछि बेचैन भएर कोहिनूर हीरा सदाका लागि दिने वाचा गर्नु एक नाराज स्त्रीको विवशता थियो। असहाय र शरणमा रहेकी महिलाको त्यो अवस्थाबाट फाइदा लिने कोशिश गर्नु महाराजा रणजित सिंह जस्तो वीरका लागि सुहाउने कुरा थिएन। त्यो अवसर रणजित सिंहका लागि वफा बेगम र शाह सुजाप्रति साँच्चै सहयोग गर्नका लागि र उदारता प्रकट गर्नका लागि थियो। तर, सदुपयोग गर्न सकेनन्। महिलाले विवश भएर दिएको वचन पूरा गर्न बाध्य नपारेका थिए भने रणजित सिंहको महानता देखिन्थ्यो।’

अर्को मत  अनुसार कोहिनूर हीरा पहिले भारतका राजाको सम्पत्ति थियो। हीरा भारतको सम्पत्ति हो, भारतमै रहनुपर्छ भन्ने धारणा रणजित सिंहको मनमा भएर हात पार्नलाई जोड गरेको हुनसक्छ, यो अस्वाभाविक कुरा होइन। अर्को मत पनि छ। त्यो हो-कोहिनूर हीरा पहिले भारतका राजाको सम्पत्ति थियो। हीरा भारतको सम्पत्ति हो, भारतमै रहनुपर्छ भन्ने धारणा रणजित सिंहको मनमा भएर हात पार्नलाई जोड गरेको हुनसक्छ, यो अस्वाभाविक कुरा होइन। भारतका राजाको सम्पत्ति पहिले नादिर साहले लुटेका थिए, विधिको विडम्बनावश घुमेर यो हीरा भारतभूमिमा आइपुगेको छ, दिनेछु भनेर वचन पनि पाएको छु, आफ्नो हातमा आइसकेको हीरा किन अन्त जान दिऊँ भन्ने भावना रणजित सिंहको मनमा हुनसक्छ।

सन् १८४८ मा अंग्रेजसँगको युद्धमा शिख सेना हारेपछि शिखहरूको पञ्जाब राज्य सन् १८४९ मा अंग्रेज अधीनस्थ भयो। रणजित सिंहको खालसा दरबारमा रहेको कोहिनूर हीरा भारतस्थित गभर्नर जनरल लर्ड डल्हौजीले सन् १८५१ मा बेलायतकी महारानी भिक्टोरियालाई उपहार दिए। बेलायतको राजगद्दीमा बस्ने महारानीले ताज सहितको कोहिनूर शिरमा पहिरिने परम्परा छ। भनाइ के छ भने, कोहिनूर हीरा संसारकै पुरुषका लागि अशुभ छ, तसर्थ पुरुष राजाहरू यो हीरा पहिरिन चाहँदैनन्।

पछिल्ला दिनमा कोहिनूर हीरामाथि भारत, पाकिस्तान र अफगानिस्तानले दाबी गरेका छन्। नफिस अहमद सिद्दीकी सहितका केही भारतीयले संसारकै महँगो कोहिनूर हीरा बेलायतले भारतबाट लुटेको र सो हीरा भारतलाई फिर्ता गर्नुपर्छ भनी भारतको उच्च न्यायालयमा मुद्दा हालेका छन्। बेलायतका प्रधानमन्त्री, उच्च नेता र राजपरिवारका सदस्य भारत आउँदा कोहिनूर हीराको धेरै चर्चा हुने गर्दछ।

नेपालको सैनिक इतिहास र बलभद्र

लेखक प्रा.डा.तुलसीराम वैद्य र ९अरू० लिखित नेपालको सैनिक इतिहास, शाही नेपाली जङ्गी अड्डाबाट विसं २०४९ मा प्रकाशित पुस्तकमा लेखिएको छ, ‘पञ्जाबको उत्तरी सिमानामा पर्ने अफगानिस्तानका बादशाह शाह सुजा ज्यादै अलोकप्रिय भएका हुनाले भारदारले लखेट्दा भागेर पञ्जाब केशरी रणजित सिंहको शरणमा आएका थिए। उनले त्यही समयमा आफ्नो फेटा पगरीमा कोहिनूर हीरा जडी पञ्जाब ल्याएका थिए।

रणजित सिंहले यत्नपूर्वक त्यो हीरा हात पारेका थिए। शाह सुजालाई पुनः काबुलको गद्दीमा राख्ने प्रयत्न रणजित सिंहले गर्दा अफगानीहरूसँग युद्ध गर्नुपर्ने भयो। वीर बलभद्र कुँवरको नायकत्वमा पञ्जाब केशरी रणजित सिंहले पञ्जाबी सेना अफगान विद्रोहीका विरुद्ध पठाए। त्यही युद्धमा वीर बलभद्र कुँवरले वीरगति पाए।

रणजित सिंहले यत्नपूर्वक त्यो हीरा हात पारेका थिए। शाह सुजालाई पुनः काबुलको गद्दीमा राख्ने प्रयत्न रणजित सिंहले गर्दा अफगानीहरूसँग युद्ध गर्नुपर्ने भयो। वीर बलभद्र कुँवरको नायकत्वमा पञ्जाब केशरी रणजित सिंहले पञ्जाबी सेना अफगान विद्रोहीका विरुद्ध पठाए। त्यही युद्धमा वीर बलभद्र कुँवरले वीरगति पाए।

रामराजा कुँवर र डा.धनबहादुर कुँवरलिखित पुस्तक नालापानीका नायक वीर बलभद्र कुँवरमा उल्लेख छ, ‘दुर्भाग्यवश विसं १८७९ साल चैत ३ गते ९सन् १८२३ मार्च १३० का दिन अफगानिस्तानको पेशावरको नौसेरा भन्ने स्थानमा बहादूरी साथ लडिरहेका वेला अफगान विद्रोहीहरूले निशाना लगाई हानेको गोलीले बलभद्र कुँवरको छाती छेड्यो। उनी तत्काल रणभूमिमा ढले र उत्तिखेरै वीरगति प्राप्त गरे।’

हुलाक टिकटबाट 

कोहलीलिखित पुस्तक महाराजा रणजित सिंहका अनुसार, बलभद्र कुँवरबारेका ती दुवै दाबीमा सत्यता छैन। रणजित सिंहले सन् १८१३ मा कोहिनूर हीरा हात पारेका थिए। त्यसपछि पूर्व राजा शाह सुजाको पक्षमा अफगान गद्दीका लागि रणजित सिंहको सेनाले युद्ध लडेको छैन।

रणजित सिंहको शरणमा बसेका पूर्व राजा शाह सुजा भेष बदलेर भागेर सन् १८१५ अप्रिलबाट अंग्रेजको शरणमा बस्न थाले। रणजित सिंहले बस्न दिएको लाहौरको भव्य हवेलीबाट भागेका शाह सुजा दम्पतीलाई अंग्रेजले सन् १८३८ सम्म पेन्सनको व्यवस्था गरेको थियो। काबुल दरबारमा आन्तरिक कलह बढेको मौकामा अंग्रेज सहयोगमा सन् १८३९ मा शाह सुजा काबुलको गद्दीमा बसे, लगत्तै उनको हत्या भयो।

कोहलीलिखित पुस्तकमा नेपाल(अंग्रेज युद्धपछि रणजित सिंहले गोर्खाली युवाको दुई पल्टन स्थापना गरेको उल्लेख छ। रणजित सिंहले कश्मीर कब्जापछि आफ्नो सेनाको कमजोरी महसूस गरेर शिख सेना सुदृढीकरण गर्ने सोच बनाएका थिए। यस क्रममा नेपाल(अंग्रेज युद्धमा गोर्खाली सेनाले प्रदर्शन गरेको वीरताको वणर्नबाट प्रभावित भएर सन् १८१७ ताका गोर्खाली युवा सम्मिलित दुई अलग पल्टन स्थापना गरे।

पुस्तक अनुसार, सन् १८१४.१६ को नेपाल(अंग्रेज युद्धपछि बलभद्र कुँवर सन् १८१७.१८ तिर पञ्जाब गए। सन् १८१३ मा हात परेको कोहिनूर हीराका लागि बलभद्रले अफगान सेनासँग युद्ध लडेको र सोही युद्धमा वीरगति पाएको तथ्य सरासर गलत छ। पञ्जाबको शिख सेना र अफगान सेनाबीच सन् १८२३ मार्चमा पेशावर र मुल्तान कब्जाका लागि भएको ‘टिब्बा टिरी’ को युद्धमा बलभद्र कुँवरको मरण  भयो। त्यो युद्धको कोहिनूर हीरासँग कुनै सम्बन्ध छैन। बाबरका अनुसार, ‘कोहिनूर १३औं शताब्दीका ग्वालियरका महाराजाको सम्पत्ति थियो। त्यस यता कोहिनूर हीराका लागि भारतका राजा र पर्सियाका शासकबीच धेरै युद्ध भए।’

कोहिनूरको जन्मपत्री

कोहिनूर नाम पर्सियन भाषामा राखिएको हो। पर्सियन भाषामा ‘कोहिनूर’ को अर्थ उज्यालो पहाड हुन्छ। कोहिनूर नाम दिइएको त्यस हीरा हाल भारतको आन्ध्र प्रदेशमा पर्ने गोलकोण्डा हीरा खानीबाट झिकिएको थियो। शुरूमा कोहिनूर १८६ क्यारेट तौलको थियो। हाल यो १०६ क्यारेट तौलको रहेको छ।

कोहिनूर हीरा कुन समय कोसँग थियो ? यसबारेको चर्चा लामो वृत्तान्त बन्न सक्छ। सन् १५२६ मा पानिपतको युद्धमा दिल्लीका सुल्तान इब्राहिम लोदीलाई पराजित गरेर दिल्ली बादशाह बनेका प्रथम मुगल सम्राट् बाबरले यसबारे अभिव्यक्त गरेको तथ्य अझै पनि स्मरणीय छ। बाबरका अनुसार, ‘कोहिनूर १३औं शताब्दीका ग्वालियरका महाराजाको सम्पत्ति थियो। त्यस यता कोहिनूर हीराका लागि भारतका राजा र पर्सियाका शासकबीच धेरै युद्ध भए।’

दिल्लीका बादशाह औरंगजेवले सो हीरा हाल पाकिस्तानमा पर्ने, त्यस वेला अफगानिस्तानस्थित मस्जिद बादशाहीमा चढाएका थिए। सन् १७३९ मा पर्सियाका बादशाह नादिर शाहले सो हीरा मस्जिदबाट लुटेका थिए। काबुलमा बादशाह पदमा हुँदा शाह सुजाले पुनः सोही मस्जिदमा चढाउने बहानामा पर्सियाबाट कोहिनूर हीरा अफगानिस्तान ल्याएका थिए। सैनिक पृष्ठभूमिका थापा ती सैनिक, सुबेदार, सैनिक सङ्गठनको गौरव आदि पुस्तकका लेखक हुन्। मोहन थापा यो इतिहासिक स्तम्भ सोमबार, १४ भदौ, २०७८ हिमालखबरमा प्रकाशित भएको छ ।