Saturday, 16, October, 2021 info@saipalnews.com

राजनीति ठेकेदार नीति भइसक्यो,धन भए मन्त्री पद फ्ट्ट

काठमाडौं २४ असोज । नेकपा एमाले नेता रमेश कुँवरले राजनीति अब धननीति भइसकेको बताएका छन् । आइतबार बिहान साइपाल न्युसँग कुरा गर्दै नेता कुँवरले अब राजनीति–राजनीति नभएको बताएका हुन् ।

उनले भने,‘लोकतन्त्रमा अब धनले राजनीति हुने भयो । राजनीति गर्न क्षमता,योग्यता चाहिँदैन् । धन भए पुग्यो । धनले चुनावको टिकटदेखि मन्त्री पदसम्म किन्न पाइने भो । अब धनले मन्त्री पदसम्म किन्न सकिन्ने भो । धनभए सांसददेखि मन्त्रीसम्म सजिलै बन्न पाइन्छ । यो पछिल्लो राजनीतिक घटनाक्रमले देखाएको छ ।

लोकतन्त्र अब धनतन्त्र भइसक्यो । यति मात्र कहाँ होर । ठेकेदार र व्यवसायी सांसद  र मन्त्री भएपछि उनीहरुले देश र जनताको लागि होइन । आफ्नो स्वार्थको लागि काम गर्ने छन् । आफू अनुकुल नीति नियम निर्माण गर्नेछन् ।

सत्ता चलाउने पञ्चायतमा जेलनिल भोगेका,विद्यार्थी राजनीतिबाट आएका निष्ठा,त्याग,सम्पुर्णबाट नेताहरुले होइन् । अब त धनवाला ठेकेदारले देशको शासन चलाउने भए । ठेकेदारले राज्य सत्ता चलाएको देशमा जनताको अनुकुल होइन् । ठेकेदार,व्यवसायी दलालहरु अनुकुल निमय कानुन बन्नेछ।