Saturday, 16, October, 2021 info@saipalnews.com

मेरो सोह्र वर्षकी तरुनी स्वास्नी लिएर भाग्यो !

काठमाडौं २४ असोज । म पनि मेरी रानीसँगै मर्छु,’ निर्णय गरें। आदेश दिएँ । चिहानमा रानीको शव मेरो काखमा राखेर सबै मलामी फर्किनू। प्रेम र मृत्युलाई अनुभूति गर्दै बिस्तारै मर्नेछु।सर्वनाम थिएटर। सधैं यहाँ नाटक चल्छ, तर आज कथा चल्नेछ। घण्टी बज्यो। दर्शक नाटकघरभित्र पसे। स्टेजको पर्दा खुल्यो। हल्का दाह्रीवाला मानिस स्टेजको बीचमा देखा पर्‍यो।

दर्शकतिर हात जोड्यो ‘नमस्कार म राज शाह। कथा सुन्न आउने सबैलाई स्वागत छ। यो लोककथा हो। धेरैले सुनेको, सुनाएको कथा हो। तर, यहाँ आज आफ्नो कथा भन्न स्वयं राजारानी आउँदै छन्। राजारानीलाई स्वागत गरौं। ताली बज्यो। मणिमाणिक्यले सजिएको जवान राजा स्टेजमा पस्यो। काठको कुर्सीमा बसेर बोल्न थाल्यो।

राजा

म एकादेशको राजा हुँ। रानीलाई औधी प्रेम गर्थें। तपाईं आफ्नी प्रेमिकालाई जति प्रेम गर्नुहुन्छ, त्यसको कैयौं गुणा धेरै। रानीको लागि हजार थरी फूलको अत्तर बन्थ्यो। उनले जहाँ पैताला राख्थिन्, त्यहाँ गुलाफको फूल ओछ्याइन्थ्यो। उनको श्रृङ्गारका लागि सयौं सुसारे जुट्थे। उनलाई हेरेर मेरा आँखा कहिल्यै थाकेनन्। उनलाई चुमेर मेरा ओठ कहिल्यै गलेनन्। उनको मुटुको गतिमा मेरो मुटु चल्थ्यो।

उनका इन्द्रियको सारमा मेरा इन्द्रिय चल्थे। उनले जे हेर्थिन्, म देख्थें। उनले जे खान्छिन्, म स्वाद पाउँथें। उनको छालालाई जेले स्पर्श गथ्र्यो, म महसूस गर्थें। उनले जे सुन्थिन्, मेरा कानमा त्यही गुन्जिन्थ्यो। उनको बास्ना बाहेक जीवनमा कुनै बास्ना थाहा पाइनँ। त्यस वेला मेरो राज्यमा प्रेमीहरू प्रेमिकालाई फकाउँदै भन्थे, ‘म तिमीलाई राजाले रानीलाई गरे जत्तिकै प्रेम गर्छु।’ प्रेमीको कुरा सुनेर प्रेमिकाहरू भुतुक्कै हुन्थे।

वसन्त ऋतु लागेपछि रूखमा रानीको ओठ जस्तै पालुवा पलाउन थाले। चराहरूले गुँड बनाउन लागे। ती पनि प्रेमको समाधिमा लीन भए। बतासमा रानीको अत्तर जस्तो बास्ना फैलिन लाग्यो। त्यसैवेला मलाई शिकार खेल्न जाने मन भयो। केही दिन जङ्गलमै बसें। शिकार गरें। दिन बित्दै गए। रानीको याद आउन थाल्यो। रानीलाई सम्झ्ँदा मात्र पनि शरीरका नसामा तरङ्ग दगुर्न थाल्यो।

त्यसै क्रममा एउटा भाले कालिज आएर सामुन्नेमा बस्यो। मीठो भाकामा पोथीलाई फकाउन थाल्यो। पोथीको दायाँ–बायाँ नाच्न लाग्यो। मैले भालेलाई बन्दूक ताकें। त्यो भ्वाक्क ढल्यो। पोथी कालिजले विलाप गरी। मेरो बन्दूकको नालमा आएर बसी र बडो क्रोधित भावमा भनी, ‘हामी यस जङ्गलको चरा जातिको राजारानी हौं। तँ रानीलाई जति माया गर्छस्, त्यो भन्दा ज्यादा माया म मेरो राजालाई गर्छु। म अब एक्लै बाँच्न सक्दिनँ। मलाई पनि मारिदे।’

मलाई बोध भयो, अपराध गरें। घुँडा टेकेर माफी मागें।

मृत्युको बदला माफी हुँदैन। कालिजले मलाई माफी दिएन। मैले श्राप मागें। असल प्रेमीले श्राप दिँदैन। कालिजले मलाई श्राप दिएन। भुर्र उडेर गयो। मेरो सिपाहीले बोकेको भालामा उनिएर आत्महत्या गर्‍यो। पोथी कालिजले भालेलाई अथाह प्रेम गर्दो रहेछ। म ठान्थें, यो संसारमा रानीले मलाई जति माया गर्छे, त्यति माया अरू कसैले कसैलाई गर्दैन। मृत्युको बदला माफी हुँदैन। कालिजले मलाई माफी दिएन। मैले श्राप मागें। असल प्रेमीले श्राप दिँदैन। कालिजले मलाई श्राप दिएन। भुर्र उडेर गयो। मेरो सिपाहीले बोकेको भालामा उनिएर आत्महत्या गर्‍यो।

मलाई ठूलो पीर पर्‍यो। शरीर गल्यो। खुट्टा लुगलुग काम्न लागे। नजिकैको पोखरीमा आफूलाई डुबाएँ। आँखा चिम्लें। सोच्न लागें, म रानीलाई औधी माया गर्छु, त्यो पोथी कालिजले भालेलाई गरेभन्दा पनि ज्यादा। तर, रानीले मलाई कति माया गर्छे? कसरी जाँच्ने ? एउटा उपाय फुर्‍यो। पानीबाट बाहिर निस्कें। सिपाहीलाई आदेश दिएँ, ‘मेरो अनुहारसँग मिल्दो एउटा मुकुन्डो बनाऊ, त्यसलाई रगतमा डुबाऊ र रानीको खोपीमा लिएर जाऊ। अनि भन-राजालाई बाघले खायो। रानीले कस्तो विलाप गर्छे, आएर मलाई बताऊ।

आदेश मुताबिक सिपाही मेरो मुकुन्डो लिएर गयो। रानीसामु विलाप गर्दै भन्यो, ‘हाम्रा प्राणप्रिय महाराज अब यो संसारमा होइबक्सन्न। दुष्ट बाघले महाराजको ज्यान लियो। हामीले महाराजको मृत शिर मात्र फिर्ता ल्याउन सक्यौं। कस्तो विपत् पर्‍यो घटनाको विवरण सुन्दासुन्दै रानी मूर्च्छा परिछन् र प्राण त्यागिछन्। खबर लिएर सिपाही आए। खबर सुन्दासुन्दै म मूर्च्छा परें।

बिउँझिंदा मेरो काखमा रानीको शव थियो। दुवै हातले आफ्नो मुटु छामें, धड्कन शून्य पाएँ। आँखाबाट सारा सौन्दर्य हरायो। छालामा कुनै स्पर्श अनुभूति थिएन। नाकमा बास्ना, जिब्रोमा स्वाद र कानमा आवाज थिएन। रानीका इन्द्रियको सारमा चल्ने मेरा इन्द्रिय मरे। म पनि मेरी रानीसँगै मर्छु,’ निर्णय गरें। आदेश दिएँ-चिहानमा रानीको शव मेरो काखमा राखेर सबै मलामी फर्किनू।

प्रेम र मृत्युलाई अनुभूति गर्दै बिस्तारै मर्नेछु। मन्त्रीगण, भाइभारदार सबैले सम्झए, ‘महाराज, हजुर गएपछि राज्य शून्य हुन्छ। हामी टुहुरा हुन्छौं। नगइबक्सियोस्। मेरा इन्द्रिय मरिसके। अब मलाई राज्य, सुखसुविधा केही चाहिँदैन। मैले भने अनुसार गर्नू,’ अन्तिम पटक आदेश दिएँ।

कस्तो विपत् पर्‍यो ! घटनाको विवरण सुन्दासुन्दै रानी मूर्च्छा परिछन् र प्राण त्यागिछन्। खबर लिएर सिपाही आए। खबर सुन्दासुन्दै म मूर्च्छा परें।

आदेश बमोजिम मेरो काखमा रानीको शवको टाउको राखेर सबै मलामी दरबार फर्किए। तर, मेरो कुकुर फर्किएन। जति सम्झउँदा पनि टेरेन। मध्यरात भयो। सन्नाटा छायो। मैले रानीको मृत ओठमा चुमें। नाकले उनको मृत बास्ना लिन खोजें। आँखाले उनको मृत दृश्य हेर्न खोजें। कानले उनको मृत आवाज सुन्न खोजें। उनको जिब्रोको मृत स्वाद लिन खोजें। प्रेम र मृत्युको अन्तिम स्वाद कस्तो हुन्छ ?जान्न खोज्दै थिएँ। त्यही वेला कोही आयो र सोध्यो, ‘यो चिहानमा लाशसँग के गर्दै छौ मानव ?

मैले विलाप गर्दै वृत्तान्त सुनाएँ।

उनले आफ्नो परिचय दिँदै भने, ‘म शिव हुँ। तिम्रो प्रेम अमर बनोस्। आमाले बच्चालाई सुनाउने लोरी जस्तै प्रत्येक प्रेमीले प्रेमिकालाई तिम्रो प्रेम कथा सुनाऊन्। तिम्रो प्रेम देखेर प्रसन्न भएँ, भन के माग्छौ ? भगवान् १ मेरो केही इच्छा छैन। सक्नुहुन्छ भने मेरी रानीलाई जीवित बनाइदिनुस्,’ मैले बिन्ती गरें । उनको आयु पुगिसक्यो। अरू के माग्छौ भन। अरू कुनै इच्छा छैन,’ मैले भनें।

त्यसपछि रानीको मृत ओठ चुमें। आँखा बन्द गरें। आफ्नो मुटु छामें। फेरि उही शून्यता भेटें। फेरि शिव बोले, ‘हे महाप्रेमी राजा, तिमी आफ्नो मृत्यु चाहन्छौ भने त्यो तिम्रो भ्रम हो। तिम्रो आयु ७० वर्षसम्म छ। तिम्री रानीलाई बचाइदिन्छु, तर तिम्रो आधा आयु रानीलाई दिनुपर्छ। तिम्री रानी १६ वर्षकी हुन्छिन् तर तिमी वृद्ध हुन्छौ। मञ्जुर छ ?

मैले सहर्ष मञ्जुरी जनाएँ। रानी १६ वर्षकी तरुनी भई र म वृद्ध भएँ। हामीले फेरि उही प्रेम र उही जीवन फिर्ता पायौं। मेरा इन्द्रिय फेरि बिउँझिए। तर, ती निकै वृद्ध थिए। तिनमा शक्ति कम थियो। मेरी रानी आगोको कोइला जस्ती भर्भराउँदी थिई। तीनै लोक चौधै भुवनमा मेरी रानी जस्ती सुन्दरी अरू कोही थिएनन् होला।

शिव बोले, ‘हे महाप्रेमी राजा, तिमी आफ्नो मृत्यु चाहन्छौ भने त्यो तिम्रो भ्रम हो। तिम्रो आयु ७० वर्षसम्म छ। तिम्री रानीलाई बचाइदिन्छु, तर तिम्रो आधा आयु रानीलाई दिनुपर्छ। तिम्री रानी १६ वर्षकी हुन्छिन् तर तिमी वृद्ध हुन्छौ। मञ्जुर छ ? हामी दरबारतिर फर्कियौं। स्टेजमा लाइट निभ्यो। लाइट फेरि बल्यो। कथाका सूत्रधार राज शाह स्टेजमा देखिए, ‘अब आफ्नो कथा भन्न राजाकी सोह्र वर्षीया रानी आउँदै छिन्।राज शाह मञ्चबाट गए। राजाले वर्णन गरेभन्दा पनि सुन्दर रै’छे रानी। तर, ऊ साधारण पोशाकमा थिई। अघि राजा बसेकै काठको कुर्सीमा बसेर कथा भन्न थाली।

रानी

राजाले मलाई जति माया गर्थे, म पनि उनलाई त्यति नै माया गर्थें। जब मैले पुनर्जीवन पाएँ, मेरो शिर राजाको काखमा थियो। उनका आँखा मेरो पुनर्जीवनको खुशीमा तैरिरहेका थिए। उनका ओठले मेरा ओठ चुमे। तर, ती ओठ पहिलाका जस्ता थिएनन्, निकै वृद्ध थिए। उनका आँखा पहिलाका जस्ता थिएनन्, निकै धमिला थिए। उनका कानले कम सुन्थे। मैले दुई पल्ट ‘महाराज’ सम्बोधन गरें, उनले सुनेनन्। मेरो शरीरको बास्नाले चिहानको पूरै वातावरण मगमगायो, तर उनको वृद्ध नाकले चाल पाएन। म चिहानबाट उठें। राजाको वृद्ध हात समातें। काँपिरहेका उनको ओठले केही भन्यो, तर मैले बुझिनँ।

हामी दरबारतिर फर्कियौं। हिंड्दाहिंड्दै राजा बेस्मारी थाके। आराम गर्न चौतारोमा बस्यौं। उनले आफ्नो टाउको मेरो काखमा राखे। भुसुक्क निदाएँ। मान्छे बूढो भएपछि धेरै थोक बूढा हुँदा रहेछन्। माया(पिरती पनि बूढो हुँदो रहेछ। पहिला(पहिला यसरी बस्दा मीठो सुख प्राप्त हुन्थ्यो। अनेक लोकको भ्रमण गथ्र्यौं। उनको काख मलाई स्वर्ग लाग्थ्यो। तर, अहिले उनको टाउकोको बूढो हाडले मेरो काख घोचिरहेको छ। उनको शरीरबाट नमीठो गन्ध आइरहेको छ। सेतै फुलेको उनको कपाल निकै रूखो छ। दरबारको वृद्ध द्वारपालेको जस्तो महाराजको गाला चाउरिएको छ। त्यो छाला छुँदा मेरा औंलामा ऐंठन हुन्छ।

कुकुरले राजाको कुर्कुच्चा चाटिरहेको छ। राजा मस्त निद्रामै छन्। उनी बूढा नभएको भए निकै रमाइलो हुन्थ्यो। मेरो शरीरको बास्नाले सारा प्रकृति मगमगाइरहेको छ। तर, आफ्नै काखमा पल्टिरहेका राजाले चाल पाएका छैनन्। कुकुरले राजाको कुर्कुच्चा चाटिरहेको छ। राजा मस्त निद्रामै छन्। उनी बूढा नभएको भए निकै रमाइलो हुन्थ्यो। मेरो शरीरको बास्नाले सारा प्रकृति मगमगाइरहेको छ। तर, आफ्नै काखमा पल्टिरहेका राजाले चाल पाएका छैनन्। मलाई अन्याय भयो। मेरो अपमान भयो। राजाले आफ्नो नक्कली मुकुन्डो बनाएर मेरो प्रेमको परीक्षा लिन खोजे। मैले मर्नुपर्‍यो। राजाले ममाथि घोर अपराध गरे।

राजालाई वृद्ध, मलाई तरुनी बनाएर शिवले फेरि ममाथि अर्को अपराध गरे। मैले अपराधमाथि अपराध सहिरहें। तर, मैले गर्न सक्ने केही थिएन। वृद्ध राजालाई छाड्न सक्दिनथें। मार्न पनि सक्दिनथें। घाम पश्चिम जाँदै थियो। हामीलाई निकै पूर्व पुग्नु थियो। राजालाई बोलाएँ। तर, उनी निद्राबाट निस्किन सकेनन्। टाढाबाट एक युवक घोडामा चढेर आउँदै गरेको देखें। ऊ हामी भएठाउँ आइपुग्यो। घोडाबाट उत्रियो। मतिर हेर्दै मुसुक्क हाँस्यो। ऊ हाँस्दा मेरो मुटुमा कम्पन भयो। यस्तो कम्पन त राजा जवान हुँदा समेत भएको थिएन।

उसको कसिलो शरीर। हँसिलो अनुहार। मीठो बोली। बिन बाजासँग लठ्ठिएको सर्प जस्ती भएँ म। उसले मेरो बारेमा सोधीखोजी गर्‍यो। मैले वृत्तान्त बताएँ। उसले भन्यो, ‘म तिम्रो शरीरको बास्ना पछ्याउँदै आएको हुँ। चारैतिर तिम्रो बास्ना फैलिएको छ। म यो राज्यबाट धेरै टाढाको राज्यमा बस्छु। त्यस राज्यको सबैभन्दा धनी महाजनको छोरा हुँ।

तिमी सुन्दरी र जवान छ्यौ, यस्तो वृद्ध राजासँग कसरी जीवन बिताउँछ्यौ ? जसले प्रेम जस्तो पवित्र कुराको पनि परीक्षा लियो, त्यस मानिससँग फेरि कसरी बस्छ्यौरु परीक्षा लिनु भनेको अविश्वास गर्नु हो। जसले प्रेम जस्तो जीवनकै सर्वोत्तम कुरामा अविश्वास गर्छ, ऊसँग फेरि कुन विश्वासले जान्छ्यौरु हिँड मसँग, म प्रेमलाई विश्वास गर्छु र पवित्र मान्छु। राजाले ममाथि ठूलो अपराध गरेका थिए। त्यस युवकले राजामाथि थप घृणा भाव जगायो। आफ्नो काखबाट वृद्ध राजाको टाउको भुइँमा राखें। त्यो युवकको घोडामा चढें। मञ्चमा लाइट निभ्यो। लाइट बल्दा सूत्रधार राज शाह फेरि झल्किए।

राज शाहः ‘राजा बूढो भए। तपाईंहरूले थाहा पाउनुभयो। यसपछि के भयो ?अब राजा कथा भन्न आउँदै छन्। राज शाह मञ्चबाट ओझेल परे। एक वृद्ध मानिस देखा पर्‍यो। त्यही काठको कुर्सीमा बस्यो र कथा सुनाउन थाल्यो। एकै छिनपछि स्वाँस्वाँ गर्दै कुकुर आयो। उसका आँखामा आँसु थियो। उसले भन्यो, ‘महाराज, रानीलाई एउटा युवकले घोडामा लिएर गयो।’

राजा

म बिउँझिंदा रानी थिइनन्। कुकुर पनि थिएन। चारैतिर हेरें, धमिलो देखें। कानले कुनै चालचुल थाहा पाएन। निकै बेर ठूलो आवाजमा रानीलाई बोलाएँ। तर, मेरो आवाज टाढा पुग्न सकेन। बूढो आवाजको गति धिमा हुँदो रहेछ। घाम पश्चिम पहाडको डिलमा पुगेको थियो। हावामा चिसोपन थियो। आकाश बादलले ढाकेको थियो। चराहरू गुँड फर्किंदै गरेको देखें, तर तिनको चिरबिर सङ्गीत सुन्न सकिनँ।

एकै छिनपछि स्वाँस्वाँ गर्दै कुकुर आयो। उसका आँखामा आँसु थियो। उसले भन्यो, ‘महाराज, रानीलाई एउटा युवकले घोडामा लिएर गयो। गलिरहेका हातगोडा झन् लल्याकलुलुक भए। थाकिरहेको शरीर थप बोझिलो बन्यो। मभित्रको राजा मर्‍यो। मेरो घमण्ड शिथिल भयो। अब म हिंड्न सक्दिनँ। बाँकी आयु मृत्यु पर्खेर बस्नेछु। तँ घर जा,’ मैले कुकुरलाई भनें।

मेरो हालत देखेर कुकुर खूब रोयो। मेरो खुट्टाको कान्छी औंला चाट्दै भन्यो, ‘महाराज, मैले त्यो घर देखेको छु, जहाँ त्यस युवकले रानीलाई लगेको छ। हामीले त्यो युवकसँग बदला लिनुपर्छ। त्यसपछि म कुकुरको पछिपछि लागें। निकै बाटो छिचोलेपछि सामुन्नेमा भव्य महल देखियो। चारैतिर विशाल बगैंचा थियो। थुप्रै घोडा र हात्ती थिए। मानिसहरू आ(आफ्नो सुरमा काम गरिरहेका थिए। मेरो नाकमा अचानक रानीको शरीरको मन्द बास्ना आयो। तर, महलभित्र छिर्न सकिनँ।

म रानी थिएँ, तर कैदी थिएँ। यहाँ म नारी मात्र छु, कैदी छैन। मेरा मनका पखेटा जहाँ पुग्छन्, त्यहाँ पैताला पनि जान सक्छन्। दरबारमा राजाले मलाई ऋतु वर्णन सुनाउँथे, तर बाहिर निस्किएर हेर्न दिँदैनथे। यहाँ पहिलो पल्ट सबै ऋतु आफ्नै आँखाले देखें। तिनको बास्ना लिएँ, अनुभूति गरें। मैले अठोट गरें, बदला नलिई यहाँबाट आफ्नो राज्यमा फर्कन्नँ। स्टेजमा अँध्यारो छायो। लगत्तै उज्यालोमा सूत्रधार राज शाह देखिए, ‘कथा सकिएको छैन। के राजाले अब बदला लिन्छन् तरु रानीलाई घोडामा लैजाने युवक को हो ?अब कथा भन्न रानी आउँदै छिन्।’

रानी

मैले दरबारमा भन्दा जवान महाजनको घरमा ज्यादा सुखानुभूति गरेँ। स्वतन्त्र भएर हिँड्न पाएँ। दरबार कैदीघर सरह रहेछ, जहाँ सुनको थालमा खीर खाएर सुनकै पिंजडामा बस्नुपर्दो रहेछ। दरबारको किल्लाबाट कहिल्यै बाहिर निस्कन पाएकी थिइनँ। हजारौं फूलको अत्तर दलेर चौबीसै घण्टा श्रृङ्गार पोतेर बस्नुपर्थ्यो। राजाको खुशीका लागि जतिखेरै मुस्कुराउनुपर्थ्यो।

म रानी थिएँ, तर कैदी थिएँ। यहाँ म नारी मात्र छु, कैदी छैन। मेरा मनका पखेटा जहाँ पुग्छन्, त्यहाँ पैताला पनि जान सक्छन्। दरबारमा राजाले मलाई ऋतु वर्णन सुनाउँथे, तर बाहिर निस्किएर हेर्न दिँदैनथे। यहाँ पहिलो पल्ट सबै ऋतु आफ्नै आँखाले देखें। तिनको बास्ना लिएँ,अनुभूति गरें। राजाले मलाई शिकार खेल्न कहिल्यै लगेनन्। भन्थे, ‘तिमी रानी हौ, सक्दिनौ। घाम–पानीले तिम्रो श्रृङ्गार बिग्रिन्छ।’ तर, यहाँ आफैं घोडा चढेर शिकार गर्न जान्छु। बगैंचाबाट आफैं फूल टिप्छु, शिरमा सिउरिन्छु। आफ्नो लागि श्रृङ्गार गर्छु।

दरबारमा हुँदा मैले कुनै पुरुषको अनुहार राम्रोसँग देखिनँ। राजा भन्थे, ‘पुरुषको आँखामा विष हुन्छ।’ तर, यहाँ मेरा सुसारे समेत पुरुष छन्। तिनका आँखामा विष हैन, प्रेम नै प्रेम छ। मैले थाहा पाएँ, प्रेम बन्द कोठामा हुँदैन। प्रेम दरबाररूपी सुनको पिंजडामा हुँदैन। प्रेम स्वतन्त्रतामा हुन्छ। प्रेम प्रकृतिमा हुन्छ। प्रेम एक(अर्काको सम्मानमा हुन्छ। एक(अर्काको विश्वास र इज्जतमा हुन्छ,। दरबारमा छँदा राजा प्रेम गर्छु भन्थे, तर इज्जत गर्दैनथे।

राजाको सामु मेरो कुनै सम्मान थिएन। उनका लागि म एक बन्दी रानी मात्र थिए, जो हरदम श्रृङ्गार र अत्तरले छोपिएर बस्नुपर्थ्यो। उनी मेरो शरीरलाई प्रेम गर्थे, आत्मालाई हैन। तर, यहाँ आत्मालाई प्रेम गरिन्छ। दरबारमा प्रत्येक मानिस ईर्ष्या, अहङ्कार र लोभको दलदलमा थिए। यहाँ प्रत्येक मानिस प्रेम नै प्रेमको सागरमा शयर गरिरहेको भेटिन्छ।

एक दिन प्रेमीको काखमा पल्टिरहेको थिएँ, त्यति नै खेर महलको गुप्तचर आयो। शान्त भावमा भन्यो, ‘एउटा खबर ल्याएको छु। त्यो वृद्ध राजा भेष बदलेर हाम्रो राज्यको राजदरबारमा नोकर बसेको छ। सुन्दै छु, त्यसले हजुरसँग बदला नलिई नफर्कने अठोट लिएको छ रे।’

म आत्तिएँ। तर, मेरो प्रेमी आत्तिएनन्। उनी प्रेमको संस्कारमा हुर्किएका हुन्। म दरबारको संस्कारमा हुर्किएकी हुँ। प्रेम र दरबारको संस्कारमा आकाश(पातालको फरक हुँदो रहेछ। उनी राजा थिए। उनलाई युद्ध, बदला र विजयको स्वाद थाहा थियो। मेरो प्रेमीलाई जस्तो शान्ति र प्रेमको स्वाद थाहा थिएन। राजाको रगतमा शान्ति हैन युद्ध थियो। क्रोध, आवेग र अहङ्कारबाट उनको मगज निर्माण भएको थियो।

अब के गर्ने प्रियरु’ मैले हडबडाउँदै सोधें।

उनले शान्त भएर भने, ‘प्रेमले जित्नुपर्छ। म उनीसँग मीत लाउँछु। भोलिपल्ट मेरो प्रेमी त्यो वृद्ध राजासँग मीत लगाउन गए। राजाले मेरो प्रेमीलाई चिनेनन्। वृद्ध राजाका धमिला आँखामा क्रोध थियो। बदलाभाव थियो। वेलावेला बर्बराउँथे, ‘त्यस जारलाई जसरी भए पनि काट्छु।मेरो प्रेमीले प्रेमपूर्वक सोधे, ‘मीतज्यू, कोसँग बदला लिन खोज्नुभएको ? राजाले क्रोधित भएर भने, ‘मेरो एउटा जार छ। त्यसले मेरो सोह्र वर्षकी तरुनी स्वास्नी लिएर भाग्यो। त्यसलाई नकाटे मेरो आत्माले शान्ति पाउँदैन।’

मेरो प्रेमीले सम्झउँदै भने, ‘तपाईं जसलाई प्रेम गर्नुहुन्छ, उसको लोग्ने हो तपाईंको जार। त्यसलाई काट्नुभयो भने तपाईंलाई प्रेमको श्राप लाग्छ। तपाईंको आत्माले कहिल्यै मुक्ति पाउँदैन। तपाईं प्रेम र शान्तिको बाटोमा हिंड्नुस्, घृणा र युद्धको बाटोमा नजानुस्। युद्धमा एउटाले हार्छ अर्कोले जित्छ। तर, शान्तिको बाटोमा दुवैले जित्छन्, दुवैको आत्मा खुशी हुन्छ मीतज्यू।’

उनी राजा थिए। उनलाई युद्ध, बदला र विजयको स्वाद थाहा थियो। मेरो प्रेमीलाई जस्तो शान्ति र प्रेमको स्वाद थाहा थिएन। राजाको रगतमा शान्ति हैन युद्ध थियो। क्रोध, आवेग र अहङ्कारबाट उनको मगज निर्माण भएको थियो। यस कारण एक दिन पक्का मेरो प्रेमीलाई काट्नेछन्। मैले प्रेमीलाई भनें, ‘मेरो प्राण, त्यो दुष्ट राजालाई घृणा गर्छु। त्यसले एक दिन मेरो खुशी र सुख खोस्नेछ। त्यस अघि नै उसलाई मारिदेऊ। जबसम्म त्यसलाई मार्दैनौ, तबसम्म म केही पनि खान्नँ।’

एक महीनासम्म मैले पानी पनि पिइनँ। गल्दै गएँ। मेरो तेज गुम्यो। उठ्न बस्न नसक्ने भएँ। बोल्न नसक्ने भएँ। मेरो हालत देखेर प्रेमी साह्रै दुःखी भए। एक दिन बिहानै मेरो प्रेमी वृद्ध राजालाई भेट्न गए। घरमै लिएर आए। भोजन गराए। दिउँसोको आरामपछि राजालाई बगैंचा घुमाउन भनी लिएर गए। त्यहाँ एउटा ठूलो खाडल थियो, त्यसैमा खसालेर नोकरहरूले राजालाई जिउँदै पुरे।

राजाको मृत्युले म साह्रै प्रसन्न भएँ। मीठो भोजन गरें। प्रेमीको ओठ चुमें। तर, मेरो प्रेमी साह्रै दुःखी भए। उनका आँखामा अपराधबोध थियो।राजाको मृत्युले म साह्रै प्रसन्न भएँ। मीठो भोजन गरें। प्रेमीको ओठ चुमें। तर, मेरो प्रेमी साह्रै दुःखी भए। उनका आँखामा अपराधबोध थियो। उनका ओठ काँपिरहेका थिए। जिउमा चिटचिट पसिना आएको थियो। मुटु तेजले थर्किरहेको थियो। उनलाई अङ्कमाल गरें। उनीसँग रत्तिभर शक्ति थिएन। उनी त्यो वृद्ध राजाभन्दा पनि शक्तिहीन भएका थिए।

शिथिल स्वरमा बोले, ‘प्रिय, मैले ठूलो अपराध गरें। मेरो आत्मा ठेगानमा छैन। मैले ढाडस दिएँ, ‘प्रिय, त्यस दुष्टलाई मृत्युदण्ड दिनु कुनै अपराध हैन। प्रेमलाई जुगजुगसम्म बचाउने उद्देश्यले त्यसलाई मार्नु अपराध हैन, धर्म हो। त्यो राक्षस हो। त्यसले प्रेम जस्तो पवित्र कुराको परीक्षा लिएको छ। मलाई मारेको छ। त्यसलाई नमारी पृथ्वीमा प्रेमको अस्तित्व रहँदैन। तिमीले अन्याय हैन, प्रेममाथि न्याय गरेका छौ प्रिय।’

मेरा कुरा सुनेपछि उनका आँखा तेजिला भए। अनुहार उज्यालो हुँदै आयो। ओठमा मन्द मुस्कान फर्कंदै थियो। अचानक उनको घाँटीमा तरबार चल्यो। उनी ढले। घाँटीबाट निस्किएको रगतको सिर्काले मेरो अनुहार पोतियो। के भयो ? कुनै भेउ पाइनँ। बेहोश भएँ। मञ्चमा बत्ती निभ्यो। बत्ती बल्दा सूत्रधार राज शाह देखा परे, ‘रानीको प्रेमीलाई कसले मार्‍यो ? किन मार्‍यो ? कथा सकिएको छैन। अब तपाईंले थाहा पाउने वेला भयो।

यति भनेर उनी मञ्चबाट गए। जब कुर्सीमा एक वृद्ध मानिस बस्यो, दर्शक छक्क परे। सबै दर्शकले एकै स्वरमा भने, ‘राजालाई त अघि खाल्डोमा जिउँदै पुरेको हैन र ? वृद्ध राजाले मलाई आफ्नो दरबारतर्फ हिँडायो। राजा निकै खुशी थियो। म निकै दुःखी थिएँ। तर, राजाको अगाडि दुःखी हुन हुँदैनथ्यो। मेरो ओठ हाँस्थ्यो, तर मन रुन्थ्यो। मलाई उसले छुँदा घिन लाग्थ्यो।

राजा

मलाई जिउँदै खाल्डोमा पुर्ने मेरो जार हो भन्ने थाहा थिएन। त्यो साह्रै कायर रहेछ। त्यसले पछाडिबाट हान्यो। जब ती नोकरहरू मलाई पुरेर घर फर्किए। माटोमुनि मेरो रगत उम्लियो। मैले फेरि प्रण गरें, जारलाई नकाटी प्राण त्याग्दिनँ। त्यति नै खेर मेरो कुकुर हस्याङफस्याङ गर्दै आयो। माटो खोतल्यो। निकै बेरपछि बाहिर निस्कन सकें। बल्ल थाहा पाएँ, त्यो कायर मीत हैन, दुश्मन रहेछ। वर्षौंदेखि नक्कली मीतको जालमा फसेको रहेछु। तरबार लिएँ। सरासर जार भएठाउँ गएँ। उसको टाउको छिनाएँ। रगत पिएँ।

जारलाई काटिसक्दा पनि मेरो रिस मरेन। मेरो तरबार जारकी स्वास्नीको गर्धनमा पुग्यो। उसले विलाप गर्दै भनी, ‘महाराज, म हजुरलाई अति प्रेम गर्छु। त्यस केटासँग बसेकी छैन, छुट्टै बसेकी छु। उसले मलाई छोएको पनि छैन। मेरो इच्छाले हैन, हरणमा परेर आएकी हुँ। त्यस वेला हजुरलाई उठाउन खोजेकी हुँ, तर हजुर गहिरो निद्रामा होइबक्सिन्थ्यो। हजुरको पीरले खूब दुब्लाएँ।

हजुरकै हातबाट हजुरकै काखमा प्राण त्याग्ने ठूलो इच्छा थियो। धन्य प्रभु, इच्छा पूरा हुने भयो। महाराज, अब मेरो शिर छेदन गरिबक्सियोस्। उसले आफ्नो घाँटी तेर्स्याई। मैले तरबार उचाल्न सकिनँ। जारको रगतले लतपतिएको मेरा ओठले रानीको ओठ चुमें। अथाह आनन्द महसूस गरें।

मञ्चमा बत्ती निभ्यो। बत्ती बल्यो। फेरि सूत्रधार राज शाह आए, ‘कथा सकिएको छैन। राजाले रानी भेटे। जारको घाँटी काटे, तर अब कथामा के हुन्छ रु बाँकी कथा भन्न रानी आउँदै छिन्। रानी विजयभावमा थिई। अनुहार उज्यालो थियो। शरीरमा रगत लतपतिएको थियो। कुर्सीमा बसेर कथा भन्न थाली।

मलाई अचानक मुटु दुख्यो। भाउन्न छुट्यो। जमीनमा ढलें। राजा दुःखी भयो। आत्तिंदै भन्यो, ‘महारानी, तिमीलाई के भयो ?रानी दुष्ट राजाले मेरो प्रेमी मार्‍यो, तर मलाई मार्न सकेन। प्रेमीको मृत्युसँगै म पनि मर्न चाहन्थें। तर, मरेर युद्ध जितिँदैन। युद्ध जित्न बाँच्नुपर्छ। म बाँचें।

वृद्ध राजाले मलाई आफ्नो दरबारतर्फ हिँडायो। राजा निकै खुशी थियो। म निकै दुःखी थिएँ। तर, राजाको अगाडि दुःखी हुन हुँदैनथ्यो। मेरो ओठ हाँस्थ्यो, तर मन रुन्थ्यो। मलाई उसले छुँदा घिन लाग्थ्यो। उसको शरीर मैलो थियो। नमीठो गन्ध आइरहेको थियो। हिंड्दाहिंड्दै राजा गल्यो। आराम गर्न चौतारीमा बस्यो। उसका काँपिरहेका ओठले मेरो रूपको प्रशंसा गर्‍यो। मेरो कानले घिन मान्यो।

मलाई अचानक मुटु दुख्यो। भाउन्न छुट्यो। जमीनमा ढलें। राजा दुःखी भयो। आत्तिंदै भन्यो, ‘महारानी, तिमीलाई के भयो ? मुटु दुख्यो महाराज। पहिला पनि सानोमा यस्तै भएको थियो। मेरा पिताले घरको सबैभन्दा प्रिय कुकुरको मुटु निकालेर मेरो छातीमा दलेपछि सन्चो भएको थियो। महाराज अब म मर्छु। मेरो आयु सकियो। मैले हजुरको सुख देख्न पाइनँ। म अभागी आइमाई ?मैले सक्दो दुःख देखाएर विलाप गरें।

वृद्ध राजाले आफ्नो प्रिय कुकुरको घाँटीमा तरबार हाने। मुटु निकाले। मेरो छातीमा दले। कुकुरको मृत्युपछि मैले राजाको घाँटीमा तरबार हाँनें। मुटु निकालें। आफ्नो छातीमा दले। राजाको खुन पिएँ। तिर्खा मेटाएँ।

बत्ती निभ्यो।

बत्ती बल्यो। मञ्चमा सूत्रधार राज शाह बोले, ‘कथा सकियो। यो कथा पढ्नेरसुन्नेलाई सुनको माला। कथा भन्ने राजारानीलाई फूलको माला । हिमालखबरबाट साभार ।