Saturday, 16, October, 2021 info@saipalnews.com

आजको विदेशी मुद्राको मूल्यसूची

काठमाडौं २५ असोज । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलरको खरिद दर एक सय १९ रुपैयाँ ६८ पैसा र बिक्री दर एक सय २० रुपैयाँ २८  पैसा, युरोपियन युरोको खरिद दर एक सय ३८ रुपैयाँ ४६ पैसा र बिक्री दर एक सय ३९ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्टर्लिङको खरिद दर एक सय ६२ रुपैयाँ ९२ पैसा र बिक्री दर एक सय ६३ रुपैयाँ ७४ पैसा कायम भई कारोबार भइरहेको राष्ट्र बैङ्कले जनाएको छ ।

यस्तै, स्विस फ्रेङ्कको खरिद दर एक सय २९ रुपैयाँ ६ पैसा र बिक्री दर एक सय २९ रुपैयाँ  ७१ पैसा, अस्ट्रेलियन डलरको खरिद ८७ रुपैयाँ ४७ पैसा र बिक्री दर ८७ रुपैयाँ ९१ पैसा छ भने क्यानेडियन डलरको खरिद दर ९६ रुपैयाँ १ पैसा र बिक्री दर ९६ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैङ्कले उल्लेख गरेको छ ।

यसैगरी, साउदीको रियालको बिक्री मूल्य ३१ दशमलव ९१ र खरिद मूल्य ३२ दशमलव ७ रुपैयाँ छ भने कतारी रियालको बिक्री दर ३२ रुपैयाँ ८६ पैसा, खरिद दर ३३ रुपैयाँ ३ पैसा, युएई दिरामको बिक्री मूल्य ३२ दशमलव ५८ पैसा र खरिद मूल्य ३२ दशमलव ७५ रुपैयाँ तोकिएको बैङ्कले जनाएको छ ।