Saturday, 16, October, 2021 info@saipalnews.com

मुगुमा बस दुर्घटना २४ जनाको मृत्यु

काठमाडौं २६ असोज । मुगुमा भएको बस दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । २४ जना घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरि उपचारका लागि नेपालगन्जलगायतका स्थानमा उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए । उनले भने,अहिलेसम्म २४ जनाको शव घटनास्थलमा भेटिएको छ ।

१४ जना घाइतेलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल,नेपालगन्जलगायतका स्थानका अस्पतालमा उपचारका लागि पठाइएको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको छ ।

नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी गइरहेको बस मंगलबार दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो ।  भे १ ख ३१६७ नम्बरको बस सडकबाट झन्डै ३ सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बस दुर्घटनापछि उद्दारका लागि घटनास्थलमा हाल नेपाली सेनाको हेलिकोप्टर, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको छ । सडकबाट खसेको बस क्षतविक्षत भएको प्रहरीले जनाएको छ ।