Monday, 29, November, 2021 info@saipalnews.com

नेपाली सेनाद्वारा सैनिक मञ्चमा फूलपाती बढाई

काठमाडौं २६ असोज । सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी छिन् । समारोह सहभागी भएपनि राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको टुकडीले सलामी अर्पण गरे । संवैधानिक व्यवस्थानुसार राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । सो अवसरमा सेनाले फूलपाती बढाइ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ गर्यो ।

तोपबाट पनि लहरे र एकठ्ठा बढाइ प्रस्तुत गरियो । बढाइ कार्यक्रममा हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो । कोभिड–१९ को संक्रमणका कारण यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत समारोहमा उपस्थित थिए ।