Monday, 29, November, 2021 info@saipalnews.com

गोरखामा जीप दुर्घटना १४ जना घाइते

काठमाडौं २६ असोज । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर मलेओडारमा जीप दुर्घटना हुदाँ चालकसहित १४ यात्रु घाइते भएका छन् । मङ्गलबार बेनिघाटबाट माझीटार तर्फ जादै गरेको बा २० च ४४०० नम्वरको बलेरो जिप अनियन्त्रित दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुको उपचारको लागी धादिङको मलेखुमा रहेको सामुदायिक अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

सात जनालाई थप उपचारका लागी चितवन मेडिकल कलेज भरतपुर रिफर गरेको प्रहरीको भनाइ छ । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।