Saturday, 16, October, 2021 info@saipalnews.com

आजको विनिमय दर

काठमाडौं २८ असोज । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलरको खरिद दर एक सय २० रुपैयाँ २९ पैसा र बिक्री दर एक सय २० रुपैयाँ ८९  पैसा, युरोपियन युरोको खरिद दर एक सय ३९ रुपैयाँ १२ पैसा र बिक्री दर एक सय ३९ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्टर्लिङको खरिद दर एक सय ६४ रुपैयाँ १० पैसा र बिक्री दर एक सय ६४ रुपैयाँ ९२  पैसा कायम भई कारोबार भइरहेको राष्ट्र बैङ्कले जनाएको छ ।

यस्तै, स्विस फ्रेङ्कको खरिद दर एक सय २९ रुपैयाँ ६९ पैसा र बिक्री दर एक सय ३० रुपैयाँ ३४ पैसा, अस्ट्रेलियन डलरको खरिद ८८ रुपैयाँ ४७ पैसा र बिक्री दर ८८ रुपैयाँ ९१ पैसा छ भने क्यानेडियन डलरको खरिद दर ९६ रुपैयाँ ६६ पैसा र बिक्री दर ९७ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैङ्कले उल्लेख गरेको छ ।

यसैगरी, साउदीको रियालको बिक्री मूल्य ३२ दशमलव ७ र खरिद मूल्य ३२ दशमलव २३ रुपैयाँ छ भने कतारी रियालको बिक्री दर ३३ रुपैयाँ ३ पैसा, खरिद दर ३३ रुपैयाँ २० पैसा, युएई दिरामको बिक्री मूल्य ३२ दशमलव ७५ पैसा र खरिद मूल्य ३२ दशमलव ९१ रुपैयाँ तोकिएको बैङ्कले जनाएको छ ।