Saturday, 16, October, 2021 info@saipalnews.com

वसन्तपुरमा नवदुर्गा भगवतीको विशेष पूजा आराधना

काठमाडौं २८ असोज । महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

वसन्तपुरमा नवदुर्गा भगवतीको विशेष पूजा आराधनाका साथै पशुबलि हाँस,बोका,भेडा र राँगाको पञ्चबलि दिइएको छ ।