Monday, 29, November, 2021 info@saipalnews.com

एमालेको साँफे नगर कमिटी बैठक सम्पन्न

अछाम ८ कात्तिक । नेकपा एमाले साँफेबगर नगर कमिटिको २७ औँ बैठक सोमबार साँफेबगरमा सम्पन्न भयको छ । एमालेको १० औँ महाधिबेसनको तालिका अनुसार नगर भित्र भइरहेका गतिबिधिको जानकारी लिदै वडा अधिबेसन सम्पन्न भएको हो ।

वडा नम्बर ८ चण्डीका र वडा नम्बर १४ पातलकोटलाई बधाई तथा धन्यवाद दिदै बैठक सम्पन्न भयको गरिएको बैठकमा सहभागी एक जनाले बताए । बैठकले बाकी रहेका वडामा १५ कार्तिक सम्म सम्पन्न गरि १६ गते नगर अधिबेसन सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकमा एमाले प्रदेस कमिटी सदस्य कृष्णप्रसाद जैसी प्रमुख अतिथि रहनु भयको थियो । बैठकको वरिष्ठ अतिथि प्रदेश सभा सदस्य गोबिन्द कुँवर रहेका थिए ।

बैठकमा नगर इन्चार्ज पशुपति कुँवर, जिल्ला कमिटि सचिवालय सदस्य प्रकास शाह, जिल्ला कमिटि सदस्यहरु बालगिरी कुँवर,लालबहादुर खड्का, सागर सिंह बाब्ली,रमेश कुँवर,प्रवासी नेपालीसँगका नेता आकाश कुँवर,युवा संघ जिल्ला अध्यक्ष हिरिण्ड कुँवर, अनेरास्वबियुका नेता भिम बडाहित, पर्यटन ब्यबसायी संघ सुदुरपश्चिम सचिव रमेश कुँवर, खेलकुद परिसद सुदुरपश्चिम सदस्य बि एस ओड, नगरमा निर्वाचित वडा अध्यक्ष, वडा सदस्य, पार्टीका वडा अध्यक्ष लगायत पदाधिकारीका साथै सुभेच्छुक सुभचिन्तकहरुको बैठकमा सहभागिता रहेको थियो ।

बैठकको अध्यक्षता नगर कमिटिका कार्यबाहक अध्यक्ष उजिर सिंह साउदले गर्नु भएको बैठकको सञ्चालन नगर सचिब चक्र सुनारले गरेका थिए ।