Monday, 29, November, 2021 info@saipalnews.com

वायुसेवा निगमको कार्यकारीमा युवराज अधिकारी नियुक्त

काठमाडौं ८ कात्तिक । सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले निगमको कार्यकारी अध्यक्षमा अधिकारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

साथै मन्त्रिपरिषद् बैठकले निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । यसैगरी, नेपाल पुर्नबीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डाक्टर रविन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई पनि नियुक्त गरिएको प्रवक्ता कार्कीले जानकारी गराए ।