Monday, 29, November, 2021 info@saipalnews.com

प्रधानमन्त्री देउवा बेलायत जाँदै

काठमाडौं १२ कात्तिक । काँग्रेस सभापति सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको उम्मेदवारी कसैलाई नदिएको पाइएको छ । प्रधानमन्त्री समेत रहेका देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिएपनि कार्यवाहक सभापतिको जिम्मेवारी अहिलेसम्म कसैलाई दिएका छैनन् ।

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएकोबारे आफूलाई जानकारी नभएको बताए । यसअघि विदेश भ्रमणमा जाँदा उपसभापति विमलेन्द्र निधिलाई कार्यवाहक उपसभापतिको जिम्मेवारी पाउँदै आएका थिए । उपसभापति निधिको स्रोतका अनुसार देउवाले अहिलेसम्म कार्यवाहक सभापतिको जिम्मेवारीबारे निधिलाई जानकारी दिइएको छैन ।

१४ औं महाधिवेशनमा साथ छोड्ने संकेत देखाएपछि देउवा र निधिको सम्बन्ध सुमधुर छैन । देउवा सभापतिमा दोहोरिन चाहेका छन् भने निधि पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् ।