Saturday, 26, November, 2022 info@saipalnews.com

वाग्मती प्रदेशको नवौँ अधिवेशन बैठक पुस ७ गते बस्ने

काठमाडौँ २५ म‌‌सिर। वाग्मती पद्रेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यसअघि प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएसँगै प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।