Thursday, 24, November, 2022 info@saipalnews.com

कांग्रेस प्रदेश २ अधिवेशन : मतगणना सुरु हुँदै कस्ले मार्ला बाजी ?

काठमाडौं ८ पुस । काँग्रेस प्रदेश २ अधिवेशन अन्तर्गतको निर्वाचन सम्पन्न भएको छ । बिहान साढे ९ बजेरबाट सुरु भएको मतदानमा साँझ ८ बजेसम्म १ हजार ९ सय ३८ मध्ये १ हजार ८ सय ८१ मत खसेको प्रदेश निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार धनुषा र महोत्तरीको बुथमा ४ सय ६६, सिरहा र सप्तरीको बुथमा ४ सय ६५, सर्लाही र रौतहटको बुथमा ४ सय ८२ एवम् बारा र पर्साको बुथमा ४ सय ६८ मत खसेको छ । राति ११ बजेदेखि पदाधिकारीको मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।