तिम्रो देह देख्न पाइन अन्तिम घडीमा।
आत्मासँग प्रश्न सोध्दा आँसु रोकिन्न।
कहाँ खोजौँ नयनको डुल्छौ वरिपरि।
महसुस मात्रै गर्न सक्छु भेट्न सक्दिन।
हरेक दिन भेट्ने मुटु गयौ छाडी कँहा।
बिताएका हरेक पलहरु भुल्न सकिन।
चित्त कहाँ बुझछ र खै ठाउँ कतै छैन।
बरु बोलाउ मलाई तेतै तिमी गयौ जहाँ।