Saturday, 21, May, 2022 info@saipalnews.com

वाग्मती प्रदेशका पाँच अस्पतालले पाए बजेट खर्चको अख्तियारी

दोखला १९ माघ।  वाग्मती प्रदेशका पाँच प्रादेशीक अस्पतालले बजेट खर्च गर्न पाउने अख्तियारी पाएका छन् । सोमबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले चरिकोट अस्पतालसहित वाग्मतीका पाँच प्रादेशीक अस्पताललाई बजेट खर्च गर्ने अख्तियार दिएको हो ।

वाग्मती प्रदेशले आफ्नो स्वामित्वमा आएका अस्पताललाई चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्मको बजेट तथा कार्यक्रमको खर्चको अख्तियारी दिने निर्णय गरेको वन तथा वातावरणमन्त्री विशाल खड्काले जानकारी दिए ।

उनले भने,‘मन्त्रीपरिषदको बैठकले अस्पताल सञ्चालन र स्वास्थ्य सम्वन्धी कार्यक्रम सञ्चालन गर्न चालु वर्षको दोस्रो चौमासिकसम्मको बजेट रकमान्तर गरी स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिने निर्णय भएको छ ।

सरकारको यो निर्णय गरेसँगै अब प्रादेशीक अस्पतालहरूमा खर्चको अभाव हुने छैन । प्रदेशको स्वामित्वमा आएका यी अस्पतालले लामो समयदेखि झेल्दै आएको समस्या अब समाधान हुन्छ ।

वाग्मती स्वामित्वमा आएका यी अस्पतालहरू हुन् । जस्तै दोलखाको भीमेस्वर नगरपालिकामा रहेको चरिकोट अस्पताल, काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिकामा रहेको मेथिनकोट अस्पताल,काठमाडौँको टोखा नगरपालिकामा रहेको टोखा अस्पताल, ललितपुरको गोदावरी नगरपालिकामा रहेको बज्रबाराही चापागाउँ अस्पताल र चितवनको रत्ननगर नगरपालिकास्थित बकुलर रत्ननगर अस्पताल रहेका छन् ।,

मन्त्रीपरिषद्को निर्णयपछि यी प्रादेशिक अस्पतालले चालु वर्षको पहिलो र दोस्रो चौमासिकको बजेट खर्च गर्न पाउने भएका छन् । यसअघि प्रादेशीक अस्पतालको व्यवस्थापन कस्ले गर्ने भन्ने विषयमा अन्यौल हुँदा बिनियोजन बजेट समेत यी अस्पतालले खर्च गर्न पाएका थिएन् ।

संघीय सरकारको २०७७ मङ्सिर १८ गतेको निर्णय अनुसार यी अस्पतालको व्यवस्थापनको जिम्मेवारी वाग्मतीले पाएको थियो । सोही निर्णय अुनसार चालु आर्थिक वर्षमा संघीय र प्रदेश सरकारवाट बजेट बिनियोजन समेत भएको थियो । तर,वाग्मती प्रदेश अन्तर्गतका प्रादेशिक अस्पतालका कर्मचारीहरूको समायोजन र हस्तान्तरणको कारण अस्पतालले उक्त बजेट खर्च गर्न पाएको थिएन् ।

जसका कारण यी अस्पतालले आफ्ना कर्मचारीलाई तलब÷भत्ता समेत खुवाउन सकेको थिएन् । अहिले मन्त्रीपरिषद् बैठकले बजेट खर्चको अख्तियारी दिएसँगै यी अस्पतालले विनियोजन बजेट खर्च गर्न पाउने भएका छन् ।

मन्त्रीपरिषद बैठकले अस्पतालहरूको सञ्चालन,कार्यक्रम र कर्मचारीको तलब भुक्तानीका लागि चालु वर्षको दोश्रो चौमासिकसम्मको बजेट रकमान्तर गरी प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिने निर्णय गरेसँगै सो समस्या समाधान भएको छ ।

यता मन्त्री खड्काले अस्पतालका कर्मचारीको समायोजन र हस्तान्तरणको प्रक्रियामा ढिलाई भएकै कारण प्रादेशिक अस्पतालहरूले लामो समयदेखि उक्त समस्या झेल्नु परेको र अब यी अस्पतालको पूर्ण व्यवस्थापन र सञ्चालनको जिम्मेवारी प्रदेश सरकारले लिएकाले कुनै समस्या नहुँने बताए ।

यस्तै मन्त्री खड्काले भने,‘स्वास्थ्य मन्त्रालयले बजेट बिनियोजन भएपनि अस्पतालका कर्मचारीहरूको प्रदेशमा समायोजन र हस्तान्तरणको अन्तिम टुङ्गो नलाग्दा बजेट खर्चको अख्तियारी दिँदै अस्पताल व्यवस्थापन र सञ्चालनमा समस्या भएको हो । सोही समस्यालाई मध्यनजर गर्दै सरकारले पहिलो र दोश्रो चौमासिकको बजेट खर्च गर्ने अस्पताललाई अख्तियारी दिएको छ ।

यो निर्णय पुस २८ गतेको मन्त्रीपरिषद्को बैठकमा भएको थियो । सोमवार मात्रै प्रस्ताव गरिएको हो मन्त्री खड्काले भने ।,

यता चरिकोट अस्पतालले भने,‘अस्पताल व्यवस्थापनका लागि विनियोजन भएको बजेटको खर्च अख्तियारी नपाउँदा सारै समस्या भयो । बजेट रोकिएपछि नगरपालिकाको अन्य शिर्षकको बजेटलाई सापटी स्वरुप लिएर अस्पतालका कर्मचारीलाई तलब खुवाउँदै आएको थियौँ । यो समस्या हाम्रो मात्र होइन् । अन्य अस्पतालको अवस्था पनि उस्तै छ ।

तर,ढिलै भएपनि सरकारले प्रादेशिक अस्पतालहरूको सञ्चालन, कार्यक्रम र कर्मचारीको तलब भुक्तानीका लागि चालु वर्षको दोस्रो चौमासिकसम्मको बजेट रकमान्तर गरी अख्तियारी दिने निर्णय गरेको छ । अब तत्कालका लागि यो समस्या समाधान हुने देखिएको छ ।

यता मन्त्रीपरिषद बैठकले आर्थिक वर्ष २०७७/०७८ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा श्रोत सुनिश्चितता भई चरिकोट अस्पताल र बकुलर रत्ननगर अस्पतालमा आइसियु/पिआईसियु/एचडियु/ भेन्टिलेटर/अक्सिजन प्लान्ट/ट्याकको स्थापना/खरिद तथा जडानको कार्यसम्पन्न भए बमोजिमको बजेट सङ्घको शर्सत अनुदानमार्फत उक्त सिर्जित दायित्वको नियमानुसार भुक्तानीका लागि भीमेश्वर नगरपालिका र रत्ननगर नगरपालिकालाई रकमान्तर गरी अख्तियारी प्रदान गरिने निर्णय पनि गरेको छ ।