Wednesday, 25, May, 2022 info@saipalnews.com

अब १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिइने

काठमाडौं २७ माघ। सरकारले कोरोना भाइरसविरुद्धको पूरा मात्रा खोप लगाएका १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो श्रृङ्खला खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिका बसैलाई बुस्टर डोजका  रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिन लागेको हो ।

मन्त्रालयका जनस्वास्थ्य अधिकृत सञ्जयकुमार महासेठले सबै ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्र लेखी बुस्टर डोज खोप दिन आग्रह गरेका छन् ।