Saturday, 21, May, 2022 info@saipalnews.com

बरु गठबन्धन भत्किन्छ,एमसिसी पास हुँदैन् : मन्त्री राई

काठमाडौं २९ माघ । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले गठबन्धन जोगाउने नाममा एमसिसी पास नहुने बताएका छन् । एकीकृत समाजवादीका खोटाङले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको शुभम–फाउण्डेसनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले गठबन्धन जोगाउन भरमग्दुर प्रयास गर्ने तर यसैका लागि एमसीसी पास नगर्ने बताएका हुन् ।

समाजवादीका पोलिटब्यूरो सदस्य राईले वर्तमान गठबन्धन टुटे पनि यथास्थितिमा एमसिसी पास गर्ने पक्षमा आफ्नो पार्टी नभएको स्पष्ट पारेका छन् । ‘लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र नेपाली जनताको सार्वभौमसत्ताको सुरक्षा गर्नका लागि गठबन्धन अहिलेको आवश्यकता हो ।

गठबन्धन जोगाउन हामी भरपूर प्रयास गर्छौ । तर एमसिसी पास गर्ने सवालमा हो भने गठबन्धन हामीलाई आवश्यक छैन,’ मन्त्री राईले भने, ‘एमसिसी यथास्थितिमा पास गर्न हुँदैन । एमसिसी मुलुकको सन्दर्भमा उपयुक्त छैन ।

अहिले देशी विदेशी शक्तिहरु यो गठबन्धनलाई कसरी भत्काउन सकिन्छ भनेर लागिरहेका छन् । त्यसतर्फ सजग हुन जरुरी छ ।’ अमेरिकाको एउटा संस्थाबाट ५५–५६ अर्बको सहयोगका लागि नेपालको संसदले पास गर्नुपर्ने अभिसप्तता भोग्नुपर्ने अवस्था दुःखद् भएको मन्त्री राईको भनाइ छ ।