Sunday, 22, May, 2022 info@saipalnews.com

रेखा थापाले गरिन विवाह,पूर्वपति छविराज भए खुसी

काठमाडौं २ फागुन । नायिका रेखा थापाले विवाह गरेकी छन् । थापाले गरेपछि उनका पूर्वपति छविराज ओझाले खुसी व्यक्त गरेका छन् । रेखाको विवाहको खबर सुनेलगत्तै छविराजले आफुलाई खुसी लागेको प्रतिक्रिया दिएका हुन् । छविले भने, ‘मैले भर्खर समाचार हेरेर उनको विवाह थाहा पाए । उहाँले आफ्नो जीवन साथी चुन्नु भएछ, म एकदमै खुसी छु ।

छविले रेखालाई वैवाहिक जीवनको शुभकामना दिँदै बधाई समेत दिएका छन् । उनले भने, ‘मैले भर्खर विवाहको बधाई पनि दिए । हामी छुट्टिएको धेरै समय भैसकेको थियो । उहाँ एक्लै हुनुहुन्थ्यो । बल्ल जीवन साथी पाउनुभयो ।’

आइतबार नायिका थापाले काठमाडौं जिल्ला अदालतमा केही पहिले नै कानुनी रुपमा जाजरकोटका बलराम शाहीसँग बिहे गरेको खबर बाहिर आएको थियो । बलराम अमेरिका निवासी व्यवसायी हुन् ।