Wednesday, 25, May, 2022 info@saipalnews.com

टी-२० विश्वकप : नेपालले आज क्यानडासँग खेल्दै

काठमाडौं ९ फागुन । ओमानमा जारी आईसीसी टी(२० विश्वकप ग्लोबल क्वालिफायर ए अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल क्यानडासँग खेल्दैछ ।

खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार अपराह्न ३स्४५ बजे सुरु हुनेछ । यसअघि दुई खेल जितिसकेको नेपालले क्यानडालाई पराजित गरेमा समूह विजेता बन्दै सेमिफाइनल पुग्नेछ ।

नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले र फिलिपिन्सलाई १३६ रनले पराजित गरेको थियो ।नेपाल ४ अंक जोडेर शीर्ष स्थानमा छ । क्यानडा र ओमान समान २ अंक जोड्दै दोस्रो र तेस्रो स्थानमा छन् ।

यदि नेपाल क्यानडासँग पराजित भएमा र ओमानले फिलिपिन्सलाई हराएमा तीन टोलीको समान अंक हुनेछ र त्यसमा नेट रनरेट निर्णायक बन्नेछ । आजै अर्को खेलमा ओमानले फिलिपिन्ससँग खेल्दैछ ।