Friday, 20, May, 2022 info@saipalnews.com

ट्वान्टी–२० विश्वकप : नेपालले गुमायो छैटौँ विकेट

काठमाडौं १० फागुन । आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट को सेमिफाइनलमा नेपालले युएईविरुद्ध जबाफी ब्याटिङ गरिरहेको छ । ओमानको अल अमेरातमा युएईले दिएको एक सय ७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालको छैटौँ विकेट पतन भएको छ ।

नेपालका दीपेन्द्रसिंह ऐरी आउट भएका छन् । नेपालले १२.५ ओभरमा ६ विकेटको क्षतिमा ८३ रन बनाएको छ ।यो खेल जित्ने टोली यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा पुग्ने छ । दुवै टोली आठ वर्षपछि पहिलो पटक विश्वकपमा पुग्ने दाउमा छन् । नेपाल र युएई दुवैले पछिल्लो पटक सन् २०१४ मा टी–ट्वान्टी विश्वकप खेलेका थिए ।

नेपाल प्रतियोगिताको एकमात्र अपराजित टोली हो । नेपालले समूह चरणका तीनवटै खेल जितेर अन्तिम चारमा स्थान बनाएको हो । अब युएईमाथि पनि जित निकाल्ने दाउमा नेपाल छ ।