Monday, 23, May, 2022 info@saipalnews.com

नेपाल एयरलाइन्सले पायो साउदी अरेबियाको सिधा उडान अनुमति

काठमाडौं २२ फागुन । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सले साउदी अरेबियामा उडान अनुमति पाएको छ । आइतबारदेखि नेपाल एयरलाइन्सले सो मुलुकको उडान अनुमति पाएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन् ।

साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको छ,’ खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने भएको छ ।