Monday, 23, May, 2022 info@saipalnews.com

पल शाहका म्यानेजर कृष्णप्रसाद पक्राउ

काठमाडौं २७ फागुन । अभिनेता पल शाहका म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ । पल शाहको आर्थिक कारोबार लगायत व्यवस्थापनको जिम्मेवारी लिएका कृष्णप्रसाद जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नाबालिगलाई जबरजस्ती करणी गरेको मुद्दा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले जोशीलाई तनहुँबाट पक्राउ गरेको हो । नाबालिग बलात्कार अभियोगमा अभिनेता शाहलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।