Saturday, 21, May, 2022 info@saipalnews.com

मेनुका र सन्दिपको रस छ फूलैमा सार्वजनिक (भिडियो)

काठमाडौं २८ फागुन । सन्दिप परियार र मेनुका परियारको स्वरमा रहेको रस छ फूलैमा बोलको गीत सार्वजनिक भएको छ । डा.सडानन्द कंडेलको शव्द सिर्जना रहेको गीतलाई संगीतकार प्रमोद पन्तले संगीत भरेका हुन् । गीतको एरेन्ज पछिल्लो समयका चर्चित एरेन्जर रिदम कंडेलले गरेका हुन् ।

युवायुवती बीचको प्रेम प्रसंगलाई दर्शाइएको गीतमा सुरज श्रेष्ठ र निहारिका थापाको अभिनय देख्न सकिन्छ । गीतको भिडियो पीपीएम क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । मिलन श्रेष्ठको निर्देशन रहेको भिडियोलाई सन्तोष तिमल्सिना र विपीन चौलागाइँले खिचेका हुन् भने रोशन धितालले सम्पादन गरेका हुन् ।

पेशाले शैक्षिक अनुसन्धानकर्ता रहेपनि हाइकु र नियात्रा लेखनमा सक्रिय रहेका गीतकार डा।सदानन्द कंडेलको सार्वजनिक भएको यो दोस्रो गीत हो। यस अघि उनकै लेखनमा निस्वार्थी मायाँ आमाको बोलको गीत अन्जु पन्तको आवाजमा रेकर्डिङ भई सार्वजनिक भइसकेको छ।

https://youtu.be/EmEx8xxzSUE