काठमाडौं १ चैत । भक्तपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ परेका छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपुर ठिमी नगरपालिका वडा
६ पुरानो ठिमी बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–वडा नं २ का २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्तबट खटिएको प्रहरी टोलीले बलात्कारका आरोपि ठकुरीलाई सोमबार साँझ पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ ।