Monday, 23, May, 2022 info@saipalnews.com

कोरोना विरामी भर्ना सेवा बन्द

काठमाडौं ४ चैत । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमित विरामीको भर्ना बन्द गरेको छ । पछिल्लो समय देशमा संक्रमण न्यून बन्दै गएपछि प्रतिष्ठानले एक सूचना जारी गरेर भर्ना सेवा बन्द गरेको हो ।

यो बीचमा कोही व्यक्तिहरू कोरोना संक्रमणको कारण अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आएमा संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथमा सम्पर्क गर्नुपर्नेछ । कोरोना संक्रमणदर उच्च भएमा पुनः उक्त कोरोना भर्ना सेवा सञ्चालन गरिने प्रतिष्ठानले विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय देशमा कोरोना संक्रमणदर न्यून बन्दै गएको छ । जसले गर्दा अन्य स्थानमा पनि कोरोना संक्रमितको उपचार गराउँदै आएका स्वास्थ्य संस्था तथा अस्पतालहरूले कोरोना विरामी भर्ना सेवा बन्द गराउँदै आएका छन् ।