Friday, 20, May, 2022 info@saipalnews.com

गोली हानी साथीको हत्या गर्ने युवा पक्राउ

धनुषा  २४ चैत । धनुषामा साथीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पुरानो रिसईबीले तीन जनाले योजना बनाएर साथीको हत्या गरेको प्रहरीले जनाएको छ ।

हंसपुर नागरपालिका–७ नौवाखोरका १८ वर्षीय विजय रामलाई हत्या गरी गहुँ खेतमा फालेको आरोपमा स्थानीय २० वर्षीय मनोज रामलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मंगलबार साँझ तीन जना साथीहरुसँग घुम्न गएमा विजयको शव मंगलबार बिहान गहुँखेतमा भेटिएको थियो । हत्या आरोपी २२ वर्षीय जितु मण्डल र १९ वर्षीय पंकज मण्डल भने फरार छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।