काठमाडौँ २४ चैत । नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनको मताधिकारका लागि बी र सी डिभिजन क्लबको निर्वाचन स्थगित भएपछि क्लबका प्रतिनिधिहरुले कम्प्युटर र टेबल तोडफोड गरेका छन् ।
निर्वाचनका लागि बी र सी डिभिजन क्लबको मताधिकारको टुङ्गो आज लाग्ने तय रहेको थियो । तर, एन्फा विधान विपरित कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो ।
निर्वाचन स्थगित भएको रिसमा बी र सी डिभिजन क्लबका प्रतिनिधिहरुले एन्फामा रहेको कम्प्युटर र टेबल तोडफोड गरेका हुन् । एन्फाको आसन्न निर्वाचन असार ६ गते हुँदैछ ।