Saturday, 21, May, 2022 info@saipalnews.com

उपकार लघुवित्तको आईपीओ खुला,आवेदकले कति कित्तासम्म आवेदन दिन पाउँछन् !

काठमाडौं २५ चैत । उपकार लघुवित्त संस्थाले आज चैत २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले जारी पूँजी छ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने दुई करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको दुई लाख २६ हजार २५० कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले जारी गरेको आईपिओमध्ये ०.५० प्रतिशत आर्थत ३ हजार २८१ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने २ लाख २१ हजार १५६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल रहेको छ ।