Thursday, 19, May, 2022 info@saipalnews.com

हेलम्बुका कांग्रेस सभापति माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं २५ चैत । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका कांग्रेसका पूर्व सभापति विजय सिं तामाङ माओवादी केन्द्र प्रवेश गरेका छन् । उनी आफ्ना स्थानीय नेता तथा कार्यकर्तासहित शुक्रबार बिहान माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

माओवादी केन्द्र प्रवेश गरेका उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् । शुक्रबार बिहान प्रचण्डले एक कार्यक्रमका बीच उनीहरुलाई पार्टीमा स्वागत गरेका छन्