Monday, 23, May, 2022 info@saipalnews.com

वैशाख ३० को स्थानीय निर्वाचन कुनै हालतमा सर्दैन्,देशभर गठबन्धन हुन्छ : प्रचण्ड

काठमाडौं २५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाख ३० गतेको स्थानीय तह निर्वाचन नसर्ने बताएका छन् । चुनावी तालमेलका लागि शुक्रबार बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि प्रचण्डले सञ्चारकर्मीसँग सो कुरा बताएका हुन् ।

गठबन्धनको बैठक सकेर बाहिर निस्किने बेला प्रचण्डलाई सञ्चारकर्मीले सोध्यो के बालुवाटार बैठकमा चुनावको मिति सार्नेबारे छलफल भएको हो ? सोही प्रश्नको जवाफमा प्रचण्डले

प्रचण्डले भने, ‘सरकार वा गठबन्धन दलहरु कुनै पनि हालतमा बैशाख ३० को चुनाव सार्ने वा यताउता गर्ने पक्षमा छैनन् । चुनाव सर्छ कि भन्ने हल्ला विल्कुल गलत हो ।

कतिपयले विप्लव माओवादीलाई समेत चुनावमा ल्याउनका लागि निर्वाचन कार्यक्रम पछि सार्ने सत्तापक्षबाट तयारी भइरहेको चर्चा गरेका छन् । तर यसबारे चासो राख्दा त्यो सही नभएको उनले बताए । उनले कुनै पनि हालतमा बैशाख ३० को चुनाव यताउता नहुने स्पष्ट पारे ।

यता सरकारले बैशाख ३० गते स्थानीय चुनावको मिति तय गरिसकेको छ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम घोषणा गरेर तयारी तीव्र बनाइसकेको छ । मतपत्र पनि छापिइसकेको छ । आयोगले शुक्रबारआजदेखि औपचारिक कार्यक्रम नै गरेर आचार संहिता लागू गरेको छ ।