काठमाडौं २६ चैत । एमालेका नेता भीम रावलले राप्रपाका अध्यक्ष कमल थापाको भनाई प्रति कटाक्ष गरेको छन् । सूर्य चिन्हबाट चुनाव लड्न सक्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइ प्रति एमाले नेता रावलले कटाक्ष गरेका हुन् ।
नेता रावलले सामाजिक सञ्जालमा लेखेका छन् । अब देशमा जबजमलेु भन्ने सिद्धान्त बोकेको दल ‘रामाले’ उत्पन्न हुने भयो भन्दै व्यङ्ग्य गरेका हुन् ।
उनले लेखेका छन्– राप्रपा थापाले एमालेको सूर्य चिन्ह आगामी चुनाउमा दुई दलको साझा चिन्ह हुनसक्ने र कुरा भइरहेको भनेका छन् । उसो भए अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्पन्न हुने भयो त ? धन्य हो ! छेपारो राजनीतिको करामत ? समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो ?
शुक्रवार काठमाडौँमा आयोजित स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिन्ह सार्वजनिकीकरण समारोहमा बोल्दै अध्यक्ष थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताएका थिए ।