काठमाडौं २६ चैत । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रज्ञा स्मृति साइक्लिङ म्याराथन २०२२ प्रतियोगिताको उद्घाटन गरेका छन् । चितवनको भरतपुरमा आयोजित प्रतियोगिता उद्घाटन गर्दै प्रचण्डले पर्यावरण र स्वास्थ्यको दृष्टिकोणले साइक्लिङको फाइदाबारे प्रकाश पारेका हुन् ।
कार्यक्रममा खेलकुदमन्त्री महेश्वर गहतराज तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकोसमेत उपस्थिति रहेको थियो । प्रतियोगितामा स्वदेशीदेखि विदेशी खेलाडीहरूले भाग लिएका छन् ।