Friday, 20, May, 2022 info@saipalnews.com

बाख्रा व्यवसायीमा रमाएका डोटीका देवबहादुर (भिडियोसहित)

काठमाडौं २६ चैत । नेपालमा न काम छ,न नाम,न दाम ! यस्तै भन्नेहरूको जमात युवा पङ्तीमा ठुलो छ । त्यहि जमातबाट दैनिक हज्जारौँ युवाहरू परदेश भासिन्छन् । यसरी विदेशिदा उनिहरूको मनभरी विदेशको कमाईले सुखमय जीवन जिउने सपना हुन्छ  ।

तर त्यो सपना पुरा होला या नहोला ? यही प्रश्नले घोचिरहेको हुन्छ उनिहरूको मन । कैयौँका भएका पनि होलान सपना पुरा, तर कैयौका सपना भने आधाअधुरा नै रहेका खबर हामी बेलाबखत सुन्दै आएका छौ । कैयौं बन्दी बाकसमा फर्किएका खबर सुन्दा कम्ति दुख्दैन नेपाली मन ।

विदेशिनेहरूका कुरा छाडौँ । केही यस्ता पात्र पनि छन्, जो नेपालमै नाम र दाम कमाउन सकिन्छ भन्ने अदम्य साहस बोक्छन् । त्यो साहसलाई शक्तिमा बदलेर काम थाल्छन्, र देशभित्रै खुशाल जीवन रचना गरिरहेका छन् ।

यी हुन्, डोटीको पूर्वीचौकी गाउँपालिका ७ का देवबहादुर बोगटी । जो १० वर्ष भारतका विभिन्न सहरदेखि दुबईसम्म चहारे । यसरी विदेश सफरको उद्देश्य थियो–टन्न पैसा कमाउने, सहरमा घरघडेरी जोड्ने, सुखसयलको जीवन जीउने।

विदेश चहार्दा देवबहादुरको १० वर्ष  वित्यो । सपनाको न घरघडेरी जोडियो, नत सोचे जस्तो कमाई नै भयो । निराश देवबहादुर सोच्नथाले  अब विदेशमा काम गरेर सकिन्न । वितेका दशबर्षको लेखाजोजा गर्दै उनले निर्णय लिए स्वदेश फर्कने र यहीँ केही इलम गर्ने । साथमा २–३ लाख रुपैयाँ बचेको कमाई थियो ।

स्वदेश फर्किएपछि बाख्रापालन व्यवसायको योजना बनाए ।२०७३ सालदेखि बोगटी कृषि बाख्रा तथा पशुपंक्षी फर्म दर्ता गरेर बाख्रा पालन व्यवसाय सुरु गरेका हुन् ।

बाख्रापालनले रंग दियो । राम्रो आम्दानी दिनथाल्यो । सुखमय् जीवनका सपना पुरा गर्न १० वर्ष विदेश बस्दा पुरा नभएका उनका सपना गाउँमै गरेको बाख्रापालन व्यवसायले पुरा गरिदिएको छ ।  १० वर्ष विदेश बसेर फर्किएका देववबहादुर अहिले स्वदेशमा केही छैन भन्ने युवा जमातका लागि फरक उदाहरण बनेर उदाएका छन् ।

डोटी र अछामको सीमाना चौखुट्टेबजारबाट साढे तीन किलोटर हिँडेपछि देववहादुरको बाख्राखोर पुगिन्छ । चौरतिर घना जंगलबीचमा खुल्लाचौर छ । त्यहिबीचमा छ,देवबहादुरको बाख्राखोर ।

हेरौँ देवबहादुरले १ लाखबाट सुरु गरेको बाख्रापालन व्यवसाय ? कति छन् बाख्रा ! कस्तो छ कमाई ? के भन्छन् देवबहादुर ! सुनौं उनकै मुखबाट

देवबहादुरको गाउँ दुल्लबस्ता बाख्रापालनका लागि उपयुक्त छ । चारैतिर घना जंगलै–जंगलै भएकाले बाख्राको चरिचरनमा पर्याप्त ठाउँ छ । खप्तडको फेदी र लेकाली भेगको जडिबुटीसहितको अर्गानिक चरन भएकाले यहाँ उत्पादित खसिबोका आकर्षक देखिन्छन् । जसले राम्रो मूल्य पनि पाउने गरेका छन् ।

यद्यपी यही वन बाख्रापालन व्यवस्थामा अत्याधिक समय व्यवधान खडा गरिदिन्छ । खप्तडी चितुवाहरु आएर ठुल्ठुला खसिबोका र बाख्रा लगिदिन्छ । स्यालहरु पाठाहरु उठाएर लगिदिन्छ । जसले बर्षेनी लाखौ क्षती भोग्नुपरेको बोगटी परिवारको गुनासो छ ।

भनिन्छ,श्रीमान सफल हुनुको पछाडी श्रीमतीको हात हुन्छ । हो, विदेशको दशकको बसाईले निराश देवबहादुरले आफ्ना सपनाहरू हारिसकेका थिए । हारेका देवबहादुरलाई स्वदेशमै बाख्रापालन गरेर सपनाहरूलाई पुनर्जीवन दिनसकिन्छ भन्ने उत्प्रेरणा उनकै पत्नि विस्नादेवीको हात छ । जसले आज देवबहादुरलाई उर्जा भरेर स्वदेशमै सफलता हासिल गर्ने अवसर दिएको छ ।

बोगटी परिवारले व्यवसायी रुपमा बाख्रापालन थालेको अहिले ५÷६ वर्ष भयो । चारबर्षको कमाईले बोगटी परिवारमा उत्कट खुशी दिईसकेको छ ।

अहिले वार्षिक ८–१० लाखको बाख्रा बिक्रीगर्ने गरेको देवबहादुर बताउँछन् । उनी आफ्नो बाख्रा अर्गानिक उत्पादन रहेको बताउछन् । लेकचरेका बाख्राको मासु स्वास्थ्यकर हुने दाबी गर्दै आफ्नो खोरका बाख्रा धेरै मानिसको रोजाईमा परेको बताउछन् । मागअनुसार बाख्रा आपूर्ति गर्न नसकिएको उनको भनाई छ ।

अहिले बोगटीको खोरमा बोयर जातका बोकासहित ढेडसयभन्दा बढी बाख्रा छन् । यी बाख्राबाटै बोगटी परिवारले सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा घरघडेरी जोड्नुका साथै डोटी र आछामको सि

खप्तड जाने पर्यटकलाई लक्षितगर्दै चौखुट्टैमा यो होटल सञ्चालन गरेका हुन् । सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तड जाने एउटाबाटो चौखुट्टैबजारमै पर्छ । त्यहिबाटोको मुखैमा छ, देवबहादुरको–खप्तड होटल ।

मुख्य त यो होटल खप्तड जाने पर्यटकलाई लक्षित गरि सञ्चालन गरेको हो । बाहिरबाट खप्तड घुम्न आउने पर्यटकलाई खान बस्न र खप्तड घुम्न जाँदा कुनै समस्या नहोस् भन्ने उद्देश्यले सञ्चालन गरेको देबहादुरका भाइ भारत बोगटी बताउँछन् ।

डोटीमा नमूना कृषक बन्दै गएका देवबहादुर विदेशमा समय बर्बाद गर्नुभन्दा स्वदेशमै पसिना बगाए सुन फलाउन सकिने आफ्नो अनुभव सुनाउछन् । हाल विदेशिएका युवाहरुलाई विदेशको चर्काे घामको ताप–राप सहनुभन्दा स्वदेशमै आएर पसिना बगाउन आह्वान गर्छन् । भिडियो हेर्नु यहाँ क्लिक गर्नुस् ।https://www.youtube.com/watch?v=qkb7f4JE3qc