Friday, 20, May, 2022 info@saipalnews.com

तेस्रो राष्ट्रिय लघुबित्त सम्मेलनमा जाने सदस्यलाई मिर्मिरे चौरपाटी शाखाले गर्यो सम्मान तथा बिदाई

अछाम २६ चैत । मिर्मिरे लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय चौरपाटी अछामले यहि चैत्र २८ र २९ गते काठमाडौंमा हुन लागेको तेस्रो राष्ट्रिय लघुबित्त सदस्य सम्मेलनमा सहभागी हुन जान लाग्नुभएका दुई जना सदस्यलाई बिदाई तथा सम्मान कार्यक्रम गरेको छ।

चौरपाटी शाखाका प्रबन्धक कटकबहादुर शाह तथा फिल्ड सहायक कर्मचारीहरुले उत्कृष्ट महिला उद्यमी तथा अगुवा कृषक तथा केन्द्र उप प्रमुख सदस्य पारु थापा र महिला उद्यमी  उत्कृष्ट केन्द्र प्रमुख सदस्य सारदा भट्टराईलाई फुलमाला अबिर तथा खादा ओडाई सम्मान तथा बिदाईसंगै चैत्र नवमिको अवसरमा दशैको शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा चौरपाटी शाखा प्रबन्धक शाहले तेस्रो राष्ट्रिय लघुबित्त सदस्य सम्मेलनको लागि छनोटमा पर्नु भएका उत्कृष्ट महिला सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रममा सहभागी भैइ अझै लघुबित्तको मर्म उद्देश्य र लघुबित्त कार्यक्रमकाबारेमा थप ज्ञान लिएर आउन र गाउँघरमा नमुना तथा प्रेरणाको उदाहरण बन्न सुझाव सल्लाह दिए ।

साथै तेस्रो राष्ट्रिय लघुबित्त सम्मेलनमा सहभागी हुन लागेका सदस्यहरुले पनि आफुहरु कार्यक्रममा सिकेको कुरा व्यबहारमा लागू गर्ने र अन्य दिदीबहिनीहरुलाई समेत प्रेरणासंगै सकारात्मक कुराहरूको आदानप्रदान गर्ने तथा  संस्थाले आफुहरुलाई योग्य ठानिइ कार्यक्रममा सहभागी हुने मौका दिएकोमा धन्यवाद व्यक्त गरे ।