Wednesday, 25, May, 2022 info@saipalnews.com

प्रचण्ड–माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन् : केपी ओली

काठमाडौं २६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई नौ महिनामा कंगाल बनाएको बताएका छन् । शनिबार गण्डकी प्रदेशेको बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउनै जन्मेको बताएका छन् । उनले भने,प्रचण्ड–माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन् तर आफु सकिन्छन्, कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न सक्दैनन्’, ओलीले भने, ‘यहाँ एमाले छ, त्यसैले केही गर्न सक्दैनन् । नेपालमा कम्युनिस्ट आन्दोलनको विजय पनि निश्चित छ ।

अध्यक्ष ओलीले वर्तमान सरकारले नौ महिनामै देशलाई कंगाल बनाएको पनि बताए । ‘नौ महिनामा देशलाई कंगाल बनाए’, ओलीले भने, ‘हामी अत्यन्तै विद्धान, साहसी र खोज अनुसन्धानकर्ता पुर्खाका सन्तान हौ’, ओलीको भनाइ छ ।

नेपाल उर्वर देश र मेहनती जनता रहेको भन्दै उनले देशको अर्थतन्त्र धरासायी भएको भनेर गभर्नरले सहि सुझाव दिँदा गभर्नरको निलम्बन गरी सरकारले आफ्नो कमजोरी लुकाउने प्रयास गरेको आरोप समेत लगाए । आफु सर्वनाश गर्ने, कमिसनखोरी चलाउने तर गभर्नरलाई निलम्बन गर्ने गरेको भन्दै ओलीले सरकारको चर्को विरोध गरे ।