Monday, 23, May, 2022 info@saipalnews.com

रिभर फल्स पावरको आईपीओ खुला

काठमाडौं २७ चैत । रिभर फल्स पावर लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री आजदेखि खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ खुला गरेको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ७ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

निष्काशन बन्द छिटोमा २०७९ बैशाख ११ गते हुनेछ भने ढिलोमा बैशाख २६ गते हुनेछ। आईपीओमा रिभर फल्स पावर लिमिटेडको आयोजना कार्यालय, संखुवासभा, प्राइम कमर्सियल बैंकको खाँदवारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदवारी शाखा र ग्लोबल आइएमई बैंकको खाँदवारी र चैनपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।