Monday, 23, May, 2022 info@saipalnews.com

सशस्त्र एआईजीको बढुवामा ३ जना प्रतिस्पर्धा,कस्को सम्भावना कति ?

काठमाडौं १ वैशाख । सशस्त्र प्रहरीको रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न प्रतिस्पर्धीहरुका लागि सूचना प्रकाशन गरिएको छ । बुधवार नियुक्त भएका आईजीपी पुष्पराम केसीले ३ दिने सूचना जारी गरेका हुन् । आईजीपी बढुवा समितिको सदस्य सचिव हुने व्यवस्था छ ।

सशस्त्र प्रहरीमा एआईजीको १ सिट रिक्त छ । सो सिटमा बढुवा हुन ३ जना प्रतिस्पर्धामा छन् । एआईजी बढुवा प्रतिस्पर्धामा रहेका डीआईजी राजु अर्याल बरियतामा अगाडि छन् । बरियताको दुई नम्बरमा नारायणदत्त पौडेल र तेस्रो नम्बरमा चन्द्र प्रकाश गौतम छन् ।

अर्याल र पौडेल २०५४ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । गौतमचाहिँ २०५२ वैशाखमा सेनाको सह–सेनानीमा भर्ना भएर सशस्त्र प्रहरीमा आएका हुन् । प्रतिस्पर्धीहरुलाई बढुवा प्रयोजनका लागि आवश्यक प्रमाण पत्रका प्रतिलिपीहरु संलग्न गरेर मूल्याङ्कन फारम ३ दिनभित्र बुझाउन भनिएको छ ।