काठमाडौं २ वैशाख । एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा बहुमत ल्याएर पाँच वर्षे सरकार चलाउने बताएका छन् । शुक्रबार गण्डकी प्रदेशको लमजुङको ‘घलेगाउँलाई सुखी गाउँ घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।
ओलीले घलेगाउँलाई सुखी गाउँ घोषणा गर्दै भने,एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउँछ,पाँच वर्ष निर्धकसँग सरकार चलाउँछ । एमाले प्रतिपक्ष बस्ने पार्टी नभएको भन्दै आगामीमा बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने पनि ठोकुवा गरे ।
जनताको आकर्षण एमालेमा रहेको भन्दै उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी दोहोर्याए ।