Friday, 20, May, 2022 info@saipalnews.com

कांग्रेस स्थानीय निर्वाचन परिचालन समितिको बैठक जारी,यी विषयमा हुँदैछ छलफल !

काठमाडौं २ चैत । कांग्रेसले स्थानीय निर्वाचन परिचालन समितिको बैठक सानेपामा जारी रहेको छ । वैशाख  ३० गते हुने स्थानीय निर्वाचनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठक बसिरहेको छ ।

पार्टी उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको निर्वाचन परिचालन समितिले निर्वाचनमा कसरी प्रस्तुत हुनेभन्ने बारे आफ्ना धारणा राखिरहेको छ ।

निर्वाचन परिचालन समितिमा अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मासहित आठ सहमहामन्त्री र ३९ केन्द्रीय सदस्य रहेका छन्।