Wednesday, 18, May, 2022 info@saipalnews.com

सीवाइसी लघुवित्तको आईपिओमा पहिलो दिन कति परे आवेदन हेर्नुस्

काठमाडौं २ वैशाख । सीवाइसी लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणलाई निष्काशनमा ल्याएको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार ५ बजेसम्ममा ४ लाख ५२ हजार ९९७ आवेदनबाट ५२ करोड ८१ लाख ७८ हजार रुपैयाँ बराबरको ५२ लाख ८१ हजार ७८० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीले शुक्रबार आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो। लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गरेको हो ।

कम्पनीले निष्काशन गर्न लागेको कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।