Thursday, 19, May, 2022 info@saipalnews.com

जसपाबाट निर्वाचन मेयरलाई एमालेमा स्वागत गर्न केपी ओली सर्लाही जाँदै

काठमाडौं ३ चैत । जसपाबाट निर्वाचित कबिलासी नगरपालिकाका मेयर एमालेमा प्रवेश गर्ने भएका छन् । नगरप्रमुख कौशलकिशोर यादवलाई एमालेमा स्वागत गर्न एमाले अध्यक्ष केपी शर्मा ओली अज सर्लाही जाँदैछन् ।

मेयर यादवलाई आज सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मेयर यादवलगायत बिभिन्न पार्टीबाट निर्वाचित वडा अध्यक्ष र विगतको निर्वाचनका प्रत्यासी उम्मेदवारहरूलाई एमाले अध्यक्ष ओलीले एमालेमा भित्र्याउँदै छन् ।

सर्लाहीमा एक नेताका अनुसार आजको पार्टी प्रवेश कार्यक्रममा ओलीले एक हजारबढी विभिन्न पार्टीका मेयर, वडा अध्यक्षहरू, विगतमा निर्वाचनमा मेयर र गाउँपालिकाका अध्यक्षका प्रत्यासीहरुलाई एमाले पार्टी प्रवेश गराउन लागेको ती नेताले जानकारी दिए । उनका अनुसार सर्लाही सदरमुकाम मंलगवामा आयोजना हुने आमसभालाई ओलीलगायतका एमालेका अन्य शिर्ष नेताहरुले सम्वोधन गर्ने छन ।