Wednesday, 25, May, 2022 info@saipalnews.com

दोलखामा माओवादीद्वारा मेलुङ अध्यक्षमा लामालाई सिफारिस

दोलखा ३ वैशाख । माओवादी केन्द्रले दोलखाको मेलुङ गाउँपालिका अध्यक्षमा शंकर लामाको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको पालिकाको तेस्रो पूर्ण बैठकले लामाको नाम सिफारिस गरेको हो । उपाध्यक्षको नाम भने केही दिनभित्रै सिफारिस हुने भएको छ ।

अब दोलखाको सैलुङ गाउँपालिका अध्यक्षको नाम मात्रै सिफारिस गर्न बाँकी रहेको छ । अरु सात स्थानीय तहको उम्मेदवारको नाम सिफारिस भइसकेको छ । लामा यसअघिको संसदीय निर्वाचनमा दोलखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा पनि उठेका थिए ।