Wednesday, 18, May, 2022 info@saipalnews.com

सत्ता गठबन्धन एमालेसँग डराएर थुरथुर छ : प्रदीप ज्ञवाली

काठमाडौं ३ वैशाख । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले स्थानीय निर्वाचनमा जुटेको गठबन्धन भित्रै पहिरो जान सुरु भएको बताएका छन् ।  शनिबार चितवन–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ज्ञवालीले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, स्थानीय तह निर्वाचनमा जुटेको गठबन्धनभित्र पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरु आफैं अत्तालिएका छन् ।

गठबन्धनका लागि नेपालगञ्जमा जसपाले नमानेको, पर्साका कांग्रेसहरू आफै असहमत रहेको, रोल्पामा हुँदैन भनेर वक्तव्य आउनेवाला रहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले यस्तो अवस्थामा सत्तारुढ दलहरूलाई बलियो शक्ति मान्ने कुरा भ्रममात्रै हुने बताए । उनले सत्तारुढ दलहरु कमजोर रहेकाले नै अरु दलको सहारा लिन गठबन्धनमा गर्न बाध्य हुनुपरेको तर्क समेत गरे ।