Saturday, 21, May, 2022 info@saipalnews.com

मधेसी जनताका समस्या सम्बोधन गर्ने ओलीले गरे,यस्ता बाचा

काठमाडौं ३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्माले मधेसको मुद्दा सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । सर्लाही सदरमुकाम मलङ्गवाास्थित कभर्ड हलमा एमाले सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा उनले भने, ‘मधेसको मुद्दा सम्बोधन गर्ने काम एमाले तयार छ ।

नागरिकताको समस्या भोगिरहेका जनताका लागि नागरिकता विधेयक एमाले सरकारले ल्याए पनि पारित हुन नसकेको उनको भनाइ छ । उनले संसद्मा काम गर्न नदिँदा पनि, अवरोध गर्दा पनि संविधान अनुसार अध्यादेशबाटै मधेसी जनताले भोगिरहेको नागरिकता समस्याको समाधान गर्न खोजेको दाबी गरे ।उनले आगामी दिनमा आफ्नो पार्टीले मधेसी जनताका समस्या सम्बोधन गर्ने बाचासमेत गरे ।

उनले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवप्रति लक्षित गर्दै वर्तमान गठबन्धनमा रहेका मधेसी जनताका मसिहा भनाउँदा लाज मानेर सरकारमा बसेको व्यङ्ग्य गरे । उनल सरकारमा लाज मानेर बस्ने भन्दा छोडेर निस्किनु पर्दैन भन्दै प्रश्न समेत गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नै नेतृत्वको सरकारले रेल किनेर ल्याएपछि अहिले सञ्चालन भएको दाबी गरे । उनले हुलाकी राजमार्ग निर्माणमा पनि आफ्नो योगदान रहेको जिकिर गरे । कार्यक्रममा सर्लाहीको कविलासी नगरपालिकाका मेयर कौशल किशोर यादवसहित विभिन्न स्थानीय तहका १८ जना वडाअध्यक्ष एमालेमा प्रवेश गरेको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईँले जानकारी दिए ।

माओवादी केन्द्रका पूर्व पोलिटव्यूरो सदस्य केशव ढुंगाना, बसबरिया गाउँपालिकाका अध्यक्षका प्रत्याशी उम्मेदवार रामविश्वास राय लगायतकाहरु समेत एमाले प्रवेश गरेका छन् ।